२९ आश्विन २०८३, बिहिबार

१५ वर्षअघि भेटिएको एलियनको कंकाल सम्बन्धी बाहिर आयो यस्तो तथ्य

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  एजेन्सी । १५ वर्ष अघि चिलीको अटाकामा क्षेत्रमा जब ६ इन्चको कंकाल भेटियो तब मानिसहरुको बीचमा एलियनको अस्तित्वको बहस शुरु हुन थाल्यो । एक हत्केला बराबरको सो कंकालको टाउको त्रिकोण आकारको थियो भने शरीरमा जम्मा १० करङ थिए । जुन हेर्दा एलियन जस्तै देखिन्थ्यो पनि ।

सो कंकाल देखेपछि मानिसहरुले कुनै समय एलियन धर्तिमा आएको र उसको एक बच्चा यहीँ नै छुटेर मृत्यु भएको होला भन्ने अनुमान लगाउन थालेका थिए । वैज्ञानिकहरुले सो कंकाल बारे पत्ता लगाएको तथ्यले तपाईलाई अचम्ममा पार्न सक्छ । त्यसोभए यो कंकास के को थियो त ?

हालै आएको ताजा डीएनए रिपोर्टका अनुसार जसलाई वर्षौदेखि एलियनको कंकाल सोचेर रिसर्च गरियो त्यो कुनै एलियनको नभई मानिसको भएको पत्ता लागेको छ । कंकालको डीएनएमा गरिएको निरन्तर परिक्षणपछि यो पत्ता लागेको छ की यो एक बालिकाको कंकाल हो जुन म्युटेशनको शिकार भएकी थिइन् ।

युनिभर्सिटी अफ क्यालिफोर्निया, सन फ्रान्सिस्को तथा स्टेनफोर्डमा गरिएको वंशाणुगत परिक्षणबाट ति बालिकाको मृत्यु करिव ४० वर्ष पहिले भएको पत्ता लागेको हो । शुरुमा ति बालिका ६ देखि ८ वर्षको हुन सक्ने अनुमान गरिएको थियो । तर अनुुसन्धानबाट पत्ता लाग्यो कि ति बालिका नवजात थिइन् र जन्मिने बित्तिकै उनको मृत्यु भएको थियो ।