२९ आश्विन २०८३, बिहिबार

युवतीको पैसा गायब भएको जानकारी मोबाइलमा आएपछि…

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

नैनीताल । भारतको नैनीताल ठगहरूले एक युवतीको खाताबाट भारतीय एक लाख रुपियाँ चोरी गरेका छन् ।

मल्लीताल पुलिसका अनुसार बुधबार ती चोरहरूले पैसा चारी गरेका हुन् । पैसा चोरी भएका विषयमा छानविन र अनुसन्धानका लागि स्थानीय पुलिसले एक टिमलाई दिल्ली पठाएको छ । युवतीको नाम प्रहरीले गोप्य राखेको छ । उनी सम्पन्न परिवारकी हुन् ।

चोरीले लाडोसराय द्वितीय र मैदानगढ़ीस्थित एटीएमबाट युवतीको पैसा निकालेको जनाइएको छ । एटिएमबाट पैसा निकालेको जानकारी मोबाइलमा म्यासेज आएपछि युवतीले थाहा पाएकी थिइन् । युवतीको पैसा चोरी भएपछि प्रहरीलाई तनाव भएको छ ।

एसएसपी जन्मेजय खंडूरीले एटिएमबाट पैसा कसरी र किन निकालिएको हो भन्नेबारेमा अनुसन्धान सुरु गरेको जनाएका छन् । प्रहरीले सीसीटिभी फुटेजका आधारमा चोरी पक्राउ गरिने जनाएको छ । – एजेन्सी