३० आश्विन २०८३, शुक्रबार

इदलीवमा १६ छात्रछात्रासहित २० को मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेबनान, ८ चैत । सिरियाको उत्तरपश्चिमी शहर इदलीवमा बुधबार गरिएको हवाइ आक्रमणमा परी कम्तिमा १६ छात्रछात्रासहित २० जनाको निधन भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको छ ।

इदलीव प्रान्तको काफर बातिख क्षेत्रमा आक्रमणमा १६ जना बालबालिकासहित २० जना सर्वसाधारणको मृत्यु भएको छ ।

संस्थाका प्रमुख रामी अब्देल रहमानले भने पूर्व अलकायदा समूहका धेरै सदस्य रहेको जिहादी विद्रोही समूह हायत तहरिर अल–सामद्वारा नियन्त्रणमा लिएको सुरक्षा जाँच चौकी नजिकै भएको आक्रमण सिरियाली सरकारी फौज वा उसको सहयोगी रुसी पक्षले गराएको वा अन्य कुनै समूहले गराएकोबारे खुल्न नसकेको उनको भनाई थियो ।

स्थानीय विद्यालयबाट निस्केका विद्यार्थीको घटनामा मृत्यु भएको अब्देल रहमानले जनाए । – एजेन्सी