३० आश्विन २०८३, शुक्रबार

संसारको अन्तिम सेतो भाले गैँडा मर्‍यो

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केन्या, ६ चैत । संसारकै अन्तिम उत्तरी सेतो भाले गैँडा मरेको छ । केही महिनादेखि विरामी रहेको ‘सुदन’ नामको सो गैँडा सोमबार मरेको बताइएको छ ।

सुदनलाई केन्याको ‘ओल पेजेता कन्जरभेन्सी’मा राखिएको थियो । ४५ वर्षको सुदन उमेरसँग सम्बन्धीत जटिल रोगका कारण मरेको उसको रेखदेखमा खटिएका एक जनाले बताएका छन् ।

सुदन मरेसँगै यो प्रजातिको अब २ वटा पोथी मात्रै बाँकी रहेका छन् । यो प्रजातिको गैँडा बचाउन क्रतिम गर्भाधान (vitro fertilisation, IVF)बाट आशा रहेको बताइएको छ । –बीबीसी