३० आश्विन २०८३, शुक्रबार

मार्क जुकरवर्ग नै समस्यामा, फेसबुकको करोडौंका डाटा दुरुपयोग

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ चैत । फेसबुकविरुद्धको अनुसन्धानमा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गलाई व्यक्तिगत रुपमा उपस्थित हुन दबाब आइरहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति चुनावका समयमा ट्रम्पको सहयोगका लागि निर्मित ‘क्याम्ब्रिज एनालिटिका’ नामक डाटा फर्मले फेसबुक प्रयोगकर्ताका प्रोफाइल अवैधानिक रुपमा हासिल गरी चुनावमा हस्तक्षेप गरेको आरोप लागेपछि फेसबुकले ठूलो कानूनी संकटको सामना गर्नु परिरहेको छ ।

यसबारे शुक्रबार नै फेसबुकले क्याम्ब्रिज एनालिटिकलाई ब्लक गरिसकेको बताएको छ । फेसबुकले दाबी गरेपनि लन्डनस्थिति सो डाटा फर्मले फेसबुकको नीतिलाई उल्लंघन गर्दै हासिल गरेका डाटाहरू अझै डिलेट नगरेको पत्ता लागेको छ । अर्कोतर्फ फेसबुक र एनालिटिक दुवैले भने आफूमाथिका सबै आरोप गलत रहेको ठहर गर्दै आएका छन् ।

यी सबै अवस्थाबारे जानकार रहेका जुकरवर्गले यसअघि नै आगामी दिनहरूमा यस्तो हुन नदिन यसवर्ष फेसबुकमा ठूलो सुधार ल्याउने वचन दिएका थिए । यस मुद्दाले ठूलो रुप लिँदै जाँदा जुकरवर्ग अहिले भने यसबाट टाढै रहने कोशिश गरिरहेको बताइएको छ ।

उनले अहिलेसम्म यस सम्बन्धि कुनै आधिकारिक बयान पनि दिएका छैनन् र फेसबुक सबै किसिमका प्रयोगकर्ताका लागि अत्यन्तै सुरक्षित रहेको उनको भनाइ छ ।

फेसबुकका डाटा लगायत जानकारीहरू अत्यन्तै संवेदनशील तरिकामा राजनीतिक प्रचारका लागि दुरुपयोग भएको अनुसन्धानले देखाएपछि । जुकरवर्गलाई यस मुद्दामा आफैँ अघि आएर स्पष्टीकरण दिन कानूनी निकायले आग्रह गरेको छ ।

२०१६ को यस घटनाले असामान्य क्षति गरको हुन सक्ने भएकाले पनि यसबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न जरुरी रहेको खुफिया समितिका उच्च अधिकारीको भनाइ छ । – बीबीसी