
-विद्रोही गिरी
प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले पहिलो निर्णय सबै स्थानीय तहबाट प्रदेश राजधानी आउने सडक बनाउने भने । खानेपानी र विद्युतीकरणका कुरा पनि उनले छुटाएनन् । समृद्धको आधार उनले पर्यटन कृषि, विद्युतीकरण लगायतका थुप्रै कुरा सुनाए । पर्यटनको हिसाबले सुन्दर यो चार नम्बर प्रदेश कोरला देखि त्रिवेणी भैसालोटनसम्म यहाँ थुप्रै पर्यटकीय गन्तव्य र ऐतिहासिक धरोहर रहेका छन् । त्यसको पूर्वाधार विकासमा लाग्नु अहिलेको अपरिहार्यता हो ।
सडकको हिसावले नवलपुर जोडिन सकेको छैन । धौलागिरी र गण्डकीका रहनसहनसँग घुलमिल सहज हुनुपर्छ । त्यसमा प्रदेश सरकारले सम्बोधन गर्न जरुरी छ ।
स्थानीय तहहरु प्रदेश राजधानीसँग सडकमा जोड्ने निर्णय सुखद छ । ११ जिल्ला रहेको यो प्रदेशमा अहिले नवलपुर जिल्ला (नवलपरासी वर्दघाट सुस्ता पूर्व) पोखरासँग जोडिन सकेको छैन । यहाँका बासिन्दा आफ्नो प्रदेश राजधानी जाँदा प्रदेश नं. ३ चितवनको सडक प्रयोग गर्नुपर्ने अवस्था छ । सडकको हिसावले नवलपुर जोडिन सकेको छैन । धौलागिरी र गण्डकीका रहनसहनसँग घुलमिल सहज हुनुपर्छ । त्यसमा प्रदेश सरकारले सम्बोधन गर्न जरुरी छ । तर, यसका लागि पूर्वाधार नहुँदा आफ्नै प्रदेश राजधानी पोखरा भन्दा संघीय राजधानी काठमाण्डौं नजिक लाग्ने गरेको छ । त्यो हो सहज सडक सञ्जाल र हवाइ सेवा ।
चितवनको सडक र चितवनकै विमानस्थल प्रयोगले संघीय राजधानी जोडेको छ । त्यत्ति मात्रै होइन संघबाट प्रकाशित हुने दैनिक अखबार बिहानै घर दैलोमा आउनुले यहाँका वासिन्दालाई सूचनाको हिसावले संघीय राजधानी नै नजिक भएको छ । प्रदेशले यस्तो अवस्थामा यहाँका बासिन्दालाई भावनात्मक र विकासका हिसावले जोड्न आवश्यक छ । त्यसको एकमात्र कडी भनेको त्रिवेणी–दुम्किबास–कावासोती (दलदले)– कोखेटार हुदै भिमाद खैरेनीटार जोड्ने सडक हो ।

नवलपुरका बासिन्दाको आशा र भरोसाको विकास अहिले त्रिवेणी–दुम्किबास–कावासोती (दलदले)– कोखेटार हुदै खैरेनीटार सडक बनेको छ । यसलाई तीब्रताका साथ अगाडि बढाउन प्रदेश सरकारले तदारुकता देखाउन जरुरी छ । प्रदेशका सांसद एमाले नेता किरण गुरुङ्गले यो सडक प्रदेश नं. ४ को मेरुदण्ड भएको बताएका छन् । उनले आफ्नै अगुवाईमा पोखरा देखि भिमाद डेढगाउँ, बुलिङटार (बोझापोखरी) कावासोती , दुम्किबास हुदै त्रिवेणीसम्म कच्ची सडकको अवलोकन गरेका छन् । यसै साता उनले गरेको यो अवलोकन भ्रमणमा प्राविधिक टोली स्थानीय तहका प्रमुखहरुको सहभागिता समेत भएकाले नवलपुरलाई आशा जगाएको छ ।
एउटा कावासोती फलफुल चोक देखि बोझापोखरी–कोखेटार तनहुँको रुपटार हुदै फुला सम्म ५७ किलोमिटर रहेको छ । फुलाबाट भिमाद २० किलोमिटर र भिमादबाट खैरेनीटार ७ किलो मिटर र खैरेनीटार देखि पोखरा २७ किलोमिटर रहेको छ । यसरी कावासोती देखि पोखरा सम्मको यात्रा एक सय एक किलोमिटरको यात्रामा पुग्न सकिन्छ । यसमा घुम्ती कम र पुलहरु निर्माण पछि यो सडकको भाग केही किलोमिटर कम हुन सक्ने आँकलन प्राविधिकहरुको पनि छ ।
प्रदेश राजधानी पोखरा जोड्न दुम्बिास–त्रिवेणी सडक (२१ किलोमिटर) तत्काल ट्रयाक खोल्नुपर्छ । कावासोती–भिमाद–खैरेनीटार सडकको निर्माण थालिएको छ । यसको दुई खण्डमा काम भएको छ । एउटा कावासोती फलफुल चोक देखि बोझापोखरी–कोखेटार तनहुँको रुपटार हुदै फुला सम्म ५७ किलोमिटर रहेको छ । फुलाबाट भिमाद २० किलोमिटर र भिमादबाट खैरेनीटार ७ किलो मिटर र खैरेनीटार देखि पोखरा २७ किलोमिटर रहेको छ । यसरी कावासोती देखि पोखरा सम्मको यात्रा एक सय एक किलोमिटरको यात्रामा पुग्न सकिन्छ । यसमा घुम्ती कम र पुलहरु निर्माण पछि यो सडकको भाग केही किलोमिटर कम हुन सक्ने आँकलन प्राविधिकहरुको पनि छ । यस रुटमा कालीगण्डकी नदीको गड्गडीघाटमा पुल निर्माण थालिएको छ, भने कावासोती देखि कोखेटारको ४० किलोमिटर क्षेत्रको रुटलाई दुई खण्डमा गरी निर्माणको काम भइरहेको छ । कावासोती फलफूल चोक देखि १४ किलो मिटर कालोपत्रे हुँदैछ । यसका लागि सन्तोषी–रौता–हरिहरिले जेभीमा निर्माण गरिहेको छ । यो कम्पनीले १४ किलो मिटर कालोपत्रे सहित ६ किलोमिटर ग्रावेल गरि २० किलोमिटर सडक निर्माण गर्नेछ । रु ३५ करोड ६० लाख १० हजारको लागतमा २०७७ असार ८ गते सम्ममा सडक निर्माण सम्पन्न गर्नुपर्नेछ । दुई लेन जत्तिकै अवस्थामा यो सडक निर्माण हुन्छ । सजिलै बुझ्नका लागि साविकको नारायणघाट मुग्लिङकै मापदण्डसँग मिल्दोजुल्दो हुन्छ । यसलाई दुई लेनको सडक बनाउन सरकारीस्तरमै नीतिगत निर्णय हुन जरुरी छ ।
सडक निर्माणमा कावासोती फलफूल चोकबाट खानेपानीको पाइप र हात्तिखोरको जंगलको वातावरण प्रभाव मुल्यांङ्कनको काम गर्नुपर्ने देखिएको छ । यसलाई अगाडि बढाउन परियोजनाले काम थाल्नुपर्छ । बोझा पोखरी कोखेटार सम्मको २० किलोमिटर क्षेत्रमा रु ३८ करोड २१ लाख मा पप्पु–कोशी– न्यौपाने–बन्धन–भगवती जेभीले निर्माणको काम गरिरहेको छ । यो भने ग्रावेल सडक हो । यही सडक कोरलासँग जोड्दा उत्तर दक्षिण जोड्ने सबै भन्दा छोटो दुरीको सडक पर्छ । कोखेटारदेखि रुपटार–फुला हुँदै भिमाद सम्मको २७ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नुपर्छ र त्यसलाई चाँडै नै प्रक्रियामा लैजान आवश्यक छ अहिले यस सडकमा जीपहरु सञ्चालनमा छन् ।
कावासोतीबाट कोखेटार रुपटार हुँदै भिमाद जाने सडक भन्दा र कावासोतीबाट कोखेटार डेढगाउँ हुँदै भिमाद पुग्ने सडक १७ किलोमिटर लामो छ । दलदलेबाट जोड्दा दुवै सडकमा ६/६ किलोमिटर कम हुन्छ । अहिले दलदले देखि कुमसोत सम्मको बाटो वटासिल हुँदै छ ।
कावासोती देखि कोखेटार हुदै कालीगण्डकी कोरिडोरको यात्रा गर्दै डेढगाउँ पुग्न ६१ किलोमिटर र त्यहाँबाट भिमाद २३ किलोमिटर, भिमाद खैरेनी ७ किलोमिटर र खैरेनीटार पोखरा २७ किलोमिटर हुँदा एक सय १८ किलोमिटर हुन्छ । अहिले कालीगण्डकी नदीको डेढगाउँमा पुल निर्माण भएको छ भने भिमाद देखि डेढगाउँ सम्मको २३ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । कावासोतीबाट कोखेटार रुपटार हुँदै भिमाद जाने सडक भन्दा र कावासोतीबाट कोखेटार डेढगाउँ हुँदै भिमाद पुग्ने सडक १७ किलोमिटर लामो छ । दलदलेबाट जोड्दा दुवै सडकमा ६/६ किलोमिटर कम हुन्छ । अहिले दलदले देखि कुमसोत सम्मको बाटो वटासिल हुँदै छ । यहि बाटोलाई उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो सडक हुने भएकाले कोरला भैसालोटन सडक निर्माण प्रदेश नं. ४ को सडक भएको प्रदेश सांसद एवं एमाले नेता गुरुङ्गले बगुवनमा स्थानीयबासीसँग कुरा गर्दा आशाको किरण छाएको थियो । स्थानीयहरुको एउटै माग थियो दुम्किबास–त्रिवेणीको सडक निर्माणमा चितवन राष्ट्रिय निुकञ्ज प्रशासनले मध्यवर्तीको नाममा हुने गरेको अवरोध । २१ किलोमिटर यो क्षेत्रमा ट्रयाक खोल्न बाँकी छ, यहाँको ट्रयाक खोल्ने काम भए पोखरा–त्रिवेणीको ट्रयाक खोल्ने काम सकिने थियो ।
सडकको निर्माणसँगै अमलटारी थारु भिलेज, बालीघाट पर्यटकीय क्षेत्र, अकला देवी मन्दिर, घुमारीघाट, देवचुलीडाँडा पर्यटकीय क्षेत्र, घोरल संरक्षण क्षेत्रको विकास र पर्यटकीय गन्तव्यको विकास हुने थियो । यसले स्थानीय तहमा रोजगारी सृजनासँगै गरिवी निवारणमा टेवा पुर्याउने निश्चित जस्तै छ । सडकको निर्माणमा वन क्षेत्र र निकुञ्जको समस्या समाधान गर्न, ‘पब्लिक युटिलीटी’ को अवस्था सम्बोधन गर्न आवश्यक छ । त्यसमा स्थानीय तह, प्रदेश र संघ सरकारबीच समन्वय जरुरी छ । त्यसको नेतृत्व भने प्रदेश सरकारले गर्नुपर्छ ।
मुक्तिनाथदेखि त्रिवेणीधाम, वाल्मिकी आश्रम, चितवन राष्ट्रिय निकुञ्जलाई जोड्ने हुँदा धार्मिक तथा पार्यपर्यटनको प्रमुख सम्भावब्यता रहेको यो ठाउँको पर्यटन पूर्वाधारको विकासमा जोड दिनु आवश्यक छ ।
यो प्रदेश नं. ४ को लाइफ लाइनको सडक हो । नवलपुरको पूर्वपश्चिम राजमार्गबाट कालीगण्डकी कोरिडोर जोड्ने रजहरको फारम देखि बाह्कोल छरछरे हुदै बुलिङारचौकी सम्म निस्कने सडक हो । मुक्तिनाथदेखि त्रिवेणीधाम, वाल्मिकी आश्रम, चितवन राष्ट्रिय निकुञ्जलाई जोड्ने हुँदा धार्मिक तथा पर्यपर्यटनको प्रमुख सम्भावब्यता रहेको यो ठाउँको पर्यटन पूर्वाधारको विकासमा जोड दिनु आवश्यक छ । छरछरे–बाह्कोल (करिब १० किलोमिटर) ट्रयाक खोल्न बाँकी छ । यो सडक पुरा भए रहजरफारम देखि कोखेटार सम्म २५ किलोमिटरमा पुग्न सकिन्छ यसो हुँदा अहिलेको कावासोती र दलदले देखिको भन्दा १५ किलोमिटर सडक छोटो पर्छ ।















प्रतिक्रिया