३० आश्विन २०८३, शुक्रबार

लण्डनमा व्यापारीको घाँटी थिँचेर हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ चैत । लण्डनमा रुसी व्यवसायी निकोलाइ ग्लुसकोवको हत्या भएको छ । लण्डनको दक्षिण पश्चिमी क्षेत्रमा ग्लुसकोवको हत्या भएको लण्डन प्रहरीले जनाएको छ ।

६८ वर्षका ग्लुसकोव मार्च १२ मा न्यु माल्डेनमा रहेको घरमा मृत अवस्थामा भेटिएका थिए । उनको हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिएको बिबिसीले जनाएको छ ।

पोष्टमार्टम रिपोर्टमा ग्लुसकोवको निधन घाँटी थिचेका कारण भएको देखिएपछि अनुसन्धान सुरु भएको छ ।

बेलायतमा केही दिनअघि रुसी जासुस र उनकी छोरीलाई विषालु पदार्थ दिएर हत्या भएको घटना र ग्लुसकोवको घटनामा केही सम्बन्ध रहेको अहिलेसम्म नदेखिएको प्रहरीको भनाई छ ।

ग्लुसकोव रुसको राष्ट्रिय एयरलाइन्स एइरोफ्लोटका पूर्व उपनिर्देशक पनि हुन् ।