३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा नयाँ आकाशेपुल भत्कियो, ६ जनाको मृत्यु

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ३ चैत । अमेरिकाको मायामीमा १७४ फुटको नयाँ आकाशेपुल भत्किएर खसेपछि ६ जनाको मृत्यु भएको छ । ८ गाडीहरु पुरिएका छन् ।

९५० टन भन्दा बढी तौल भएको उक्त निर्माणाधीन पुल आगामी वर्षमात्र खुलाइने तय भएको थियो । तर फ्लोरिडा इन्टरनेस्नल युनिभर्सिटीका विद्यार्थीहरुले सो क्षेत्रको ७ लेनको खतरनाक सडक पार गर्न कठिन भएको बताउँदै लगातार पुल निर्माण गर्न माग गरेका थिए ।

नयाँ प्रविधिबाट बनाइएको उक्त पुललाई ‘त्यस प्रकारको पहिलो पुल’ भएको बताइएको थियो । ट्राफिक कम गराउनुका साथै , विद्यार्थीलाई सडक पार गर्न पनि मद्दत हुने उद्देश्यले कामदारहरुका लागि समेत अत्यन्तै सहज तरिका अपनाएर पुलको निर्माण गरिएकोे निर्माणकर्ताले जानकारी दिएका हुन् ।

सो पुललाई केबल ६ घण्टामै स्थापित गरिएको भिडियो पनि सार्वजनिक गराइएको थियो । यसबारेमा राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै पीडित परिवारसमक्ष दुःख व्यक्त गरेका छन् भने उद्धार कार्यमा लागेका सबै अधिकारीलाई बहादुरीका लागि धन्यवाद दिएका छन् ।

अहिलेसम्म के कारणले पुल खस्न पुग्यो भन्ने चाहिँ स्पष्ट पत्ता नलागेको बताइएको छ । यसका लागि यातायात सुरक्षा बोर्डले अनुसन्धान टोली खटाइसकेको बताएको छ । सरकारले सो पुलका लागि १४ मिलियन डलर खर्च गरेको थियो ।

साथै अन्य दुई निर्माण कम्पनीहरु पनि कार्यमा संलग्न भएको बताइएको छ । संलग्न दुवै निर्माण कम्पनीहरु यसअघि पनि कमजोर निर्माणका विभिन्न मुद्दामा फसिसकेको खबर अहिले बाहिर आइरहेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका हुन् । – एजेन्सी