शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

जहाज दुर्घटनामा देशले गुमायो होनहार डाक्टर

दैनिक नेपाल २०७४ फागुन २९ गते १५:२२

– हेम रोकाहा / दैनिक नेपाल

काठमाडौँ, २९ फागुन । गरिब तथा निम्नस्तरका विरामीहरुमाझ प्रख्यात थिए–वरिष्ट न्यूरो सर्जन डा बालकृष्ण थापा । गरिब विरामीहरुलाई सधैँ सहयोग गर्न चाहन्थे, उनी । त्यसैले त उनले काम गर्ने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रियाको लागि केही सामान अभाव भए निजी अस्पतालहरुबाट लगेर भएपनि विरामीको प्राण बचाउँथे ।

उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एशियाकै नमुना क्यान्सर अस्पताल बनाउन चाहन्थे, त्यहाँको कार्यकारी निर्देशक भएर । तर उनको त्यो सपना अधुरो नै रहने भएको छ । २०६२ सालमा जब उनको क्यान्सर अस्पतालबाट सरुवा हुन लाग्यो तब चितवनवासीले उनको सरुवा बदर गर्न हस्ताक्षर अभियान नै सञ्चालन गरे ।

यस्ता सहयोगी तथा मिलनसार चिकित्सक अब भगवानको भएका छन् । सोमबार बंगलादेशको ढाकाबाट काठमाडौँ आएको युएस बंगला एयरलाइन्सको विमान दिउँसो २ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भयो । ४९ जनाको ज्यान गएको यो घटनामा ५० वर्षीय डा थापाको पनि निधन भयो । हुन त सो दुर्घटनामा धेरै अमुल्य जीवन समाप्त भए तर एउटा उनको जीवन हामी नेपालीका लागि निकै बहुमुल्य थियो ।

यसको दुःखबोध विशेषगरी चितवनलाई भएको छ किनकी चितवनलाई डा थापाले निकै ठूलो गुन लगाएका छन् । अनियमितता र विकृतिले ब्याप्त क्यान्सर अस्पताल अहिलेको अवस्थासम्म पुग्नुमा उनको महत्वपूर्ण हात छ । उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एशियाकै नमुना क्यान्सर अस्पताल बनाउन चाहन्थे, त्यहाँको कार्यकारी निर्देशक भएर । तर उनको त्यो सपना अधुरो नै रहने भएको छ । २०६२ सालमा जब उनको क्यान्सर अस्पतालबाट सरुवा हुन लाग्यो तब चितवनवासीले उनको सरुवा बदर गर्न हस्ताक्षर अभियान नै सञ्चालन गरे । त्यस समयदेखि हालसम्म उनले क्यान्सर अस्पतालमा अतुलनीय योगदान गरेका छन्, चितवनबासीको आँखाको नानी बनेर ।

डा थापा दुखी गरिब विरामीका भरोसा थिए । यतिसम्म कि मानिसहरुमा उनले उपचार गरेपछि सन्चो हुन्छ भन्ने विश्वास नै थियो । उनको निधनको मार सबैभन्दा धेरै तिनै दुखी गरिब विरामीलाई पर्ने भएको छ । उनीहरुले आफ्नो भरोसा गुमाएका छन् ।

डा थापा दुखी गरिब विरामीका भरोसा थिए । यतिसम्म कि मानिसहरुमा उनले उपचार गरेपछि सन्चो हुन्छ भन्ने विश्वास नै थियो । उनको निधनको मार सबैभन्दा धेरै तिनै दुखी गरिब विरामीलाई पर्ने भएको छ । उनीहरुले आफ्नो भरोसा गुमाएका छन् । उनी अन्य डाक्टरहरु भन्दा फरक स्वाभाव, फरक विचारका थिए । अन्य डाक्टरले विरामीलाई सरकारी अस्पतालबाट निजी अस्पताल रिफर गर्थे तर उनी मात्रै यस्ता डाक्टर होलान् जसले निम्नस्तरका विरामीलाई निजी अस्पतालबाट सरकारी अस्पतालमा उपचारको लागि रिफर गर्ने ।

नेपालमा न्यूरो सर्जरीको लागि उनी जत्तिको डाक्टर अरु कोही छैन भन्ने धेरैको मुखबाट सुन्ने गरिन्छ । हुन पनि उनी न्युरो सर्जरीको लागि नेपालमा मात्रै नभई एशियामा नै पनि उत्तिकै प्रख्यात थिए । विशेषगरी ब्रेन ट्युमर भएको विरामीहरुले उनीबाट शल्यक्रिया गराउन चाहेका हुन्थे । उनको व्यवहार र काम बाट सबैजना प्रभावित भएका थिए ।

काभ्रेको कुशादेवी–३ मा २०२४ माघ ४ मा जन्मिएका उनी चिकित्सक पेशामा मात्रै नभई साहित्यिक क्षेत्रमा पनि उत्तिकै सक्रिय थिए । फुर्सदमा आफ्ना कवितामार्फत सहकर्मीहरुलाई प्रेरणा दिन रुचाउँथे उनी । उनका दुई कवितासंग्रहहरु ‘डाक्टरी कविता’ (२०६१) ’ र ‘डाक्टरका कविता’ (२०६९) तथा निबन्धसंग्रह ‘चिरफार’ (२०७०) प्रकाशित छन् । सबैसँग मिल्ने कसैलाई पनि नराम्रो भन्न नचाहने उनी कुनै पनि अभिमान नभएको व्यक्ति हुन् । त्यतिमात्रै नभई उनी चिकित्सक नेपालका क्षेत्रीय उपाध्यक्ष र नेपाल न्युरो सर्जन समाजका महासचिव पनि थिए ।

उनी कहिल्यै दोस्रो भएका छैनन् । एसएलसी र प्रमाणपत्र तह पहिलो श्रेणीमा पास गरेका थापा २०५१ सालको एमबिबिएस ‘टपर’ हुन् । उनी गोल्ड मेडालिष्ट डाक्टर पनि हुन् । उनले १० मध्ये ८ विषयमा ‘गोल्ड मेडल’ जितेका छन् ।

उनी अध्ययनमा पनि निकै मेधावी थिए । यतिसम्मकी उनी कहिल्यै दोस्रो भएका छैनन् । एसएलसी र प्रमाणपत्र तह पहिलो श्रेणीमा पास गरेका थापा २०५१ सालको एमबिबिएस ‘टपर’ हुन् । उनी गोल्ड मेडालिष्ट डाक्टर पनि हुन् । उनले १० मध्ये ८ विषयमा ‘गोल्ड मेडल’ जितेका छन् । बंगलादेशको ढाकास्थित बंगबन्धु शेखमुजिव विश्वविद्यालयबाट न्युरोमा एमएस गरेका उनी आफ्नो ब्याचका ‘गोल्ड मेडलिस्ट’ पनि हुन् ।

थापाको निधनबाट एक असल चिकित्सक तथा असल मित्र गुमाएको आभाष भएको बताउँछन् उनका सहकर्मी डाक्टर देजकुमार गौतम । सबैसँग मिल्ने उनी विरामीको उपचारमा दिनरात खटिने गरेको डा गौतमले बताए । राजधानी छोडेर जिल्लामा गएर सेवा गर्न खोज्ने डा. थापा निकै मेहेनती स्वभावका भएको उनको भनाइ छ । थापा जस्तो होनहार डाक्टरको अभाव क्यान्सर अस्पतालले सधैँ महशुस गर्ने उनले बताए ।

सयौँ जनताको ज्यान जोगाएर उनीहरुको मनमा भगवानको रुपमा बास गरेका डा थापाको असापयिक निधनले अब धेरै बिरामीहरु विचल्लीमा पर्नेवाला छन् । देशले उनी जस्तो न्यूरो सर्जन पाउन लामो समय कुर्न पर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित