३० आश्विन २०८३, शुक्रबार

राधा चौधरीमाथि अन्याय किन ?

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-वि.वि. श्रेष्ठ
नारी दिवश देशभर विभिन्न कार्यक्रम गरि मनाईरहेको समयमा नै कैलालीको घोडाघाडी नगरपालिका वडा नं ५ देउकलीमा २० वर्षिया राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भयो । नारी दिवसमा नारी समानता, न्याय, मुक्ति र नारीमाथिको अन्याय अत्याचारको विरुद्धमा देशभरको विभिन्न तारे होटलहरुमा डलरको कार्यक्रम भईरहँदा देउकलीमा राधा चौधरी मृत्यृसँग लडिरहिन । देशमा महिलामा भएको असमानताको विरुद्ध राज्यबाट वर्षेनी रकम खर्च भईरहेता पनि हजारौ नारीहरु बोक्सी होस वा अन्य नाममा कुटिईरहेका छन् । यसका मुख्य कारण जे भएता पनि चेतनाको कमि त रह्यो नै समाज र देशका समाजसेवी बुद्धिजीवी भनाउदाँहरुको पाखण्डी सोच नै प्रमुख कारण बनेको छ ।

२१ औ शताब्दीको प्रविधिको युगमा समेत कोही नारी विभिन्न बहानामा कुटपिटको शिकार भईरहने, देशमा अन्धविश्वासलाई निरुत्साहित भन्दापनि बढवा दिईरहने जिम्मेवार निकायको चरम लापरवाहीको कारण आज पनि हजारौँ नारीहरु बोक्सीको आरोपमा समाजमा पीडित वेग्रल्ती भेटिन्छन् । जवसम्म चेतनाको विकास र सम्वन्धित निकाय जिम्मेवारीबाट विमुख रहन्छ तवसम्म यस्ता घटनाहरु निरुत्साहित होईन प्रोत्साहित भईरहन्छ । स्थानीय पार्वती चौधरी विमारी हुनुका कारण खोज्नुभन्दा पनि अझै अन्धविश्वासमा नै रमाईरहँदा देश अझैपनि कहाँ रहेछ भन्ने कुराको पुष्टि भएको छ ।

समाजमा अशक्त, वृद्धा, गरिब, असहाय व्यक्तिहरु हरेक समाजमा बोक्सी अथवा अन्य कारणबाट अपहेलित भईरहेका छन्, कुटिईरहेका छन् । समाजबाट तिरस्कृत भईरहेका छन् । तर पनि यसको न्यूनिकरण भन्दा पनि समाजबाट नै यसलाई बढावा दिने काम भईरहेको छ । जुन समाजको निरन्तरता नै बनिरहेको छ । देश संघीय गणतन्त्रमा प्रवेश गरेर के भयो । व्यक्तिको चेतनामा जबसम्म परिवर्तन हुँदैन र कारवाही गर्ने निकाय मुकदर्शक बन्दछ तव लाखौँ राधा चौधरीहरु अनायासै बोक्सीको नाममा कुटाई खाईरहन्छन् । अपहेलित भईरहन्छन् । समाजमा प्रताडित भईरहन्छन् ।

२१ औ शताब्दीको प्रविधिको युगमा समेत कोही नारी विभिन्न बहानामा कुटपिटको शिकार भईरहने, देशमा अन्धविश्वासलाई निरुत्साहित भन्दापनि बढवा दिईरहने जिम्मेवार निकायको चरम लापरवाहीको कारण आज पनि हजारौँ नारीहरु बोक्सीको आरोपमा समाजमा पीडित वेग्रल्ती भेटिन्छन् । जवसम्म चेतनाको विकास र सम्वन्धित निकाय जिम्मेवारीबाट विमुख रहन्छ तवसम्म यस्ता घटनाहरु निरुत्साहित होईन प्रोत्साहित भईरहन्छ । स्थानीय पार्वती चौधरी विमारी हुनुका कारण खोज्नुभन्दा पनि अझै अन्धविश्वासमा नै रमाईरहँदा देश अझैपनि कहाँ रहेछ भन्ने कुराको पुष्टि भएको छ । नारी दिवसका दिन चारतारे होटलमा बसेर भाषण ठोकिरहँदा कैलालीको देउकलीमा राधा चौधरीले भोग्नु परेको पीडा सायद कसैले कल्पना पनि गर्न नसक्ला । अन्धविश्वास, कुरिती, कुसंस्कारले जकडिएको समाजमा अझैपनि आस्था र विश्वासले अझै पनि कति नरनारीहरुले पीडा भोगिरहनुपर्ने हो टड्कारो प्रश्न चिन्ह खडा भएको छ । पीडक रामवहादुर चौधरी भोले बाबाले अझै पनि सर्वसाधारण जनतालाई भ्रममा राख्न खोज्नु र बिरामी पार्वती चौधरीलाई उपचार गर्ने निहुमा पीडित राधा चौधरीलाई लात्तैलात्ताले हान्नुले सिंगो समाज र सम्वन्धित निकायको खिल्लि उडाएको छ ।

कोही आफैमा बोक्सी र धामी हुदैन भन्ने समान्य कुरा पनि हेक्का राख्न नसक्ने समाज अथवा समाज निर्माणको मसिहा सम्झने जनप्रतिनिधी समेत उल्टै पीडकलाई कारावाही गर्नुभन्दा पनि प्रश्रय दिनुले झन यस्ता घटनालाई मलजल गरेको देखिन्छ । प्रहरी श्रोत भन्दछ, घटना पछि हामीले पीडकलाई समातेर ल्याएका थियौँ । पीडित राधा चौधरीलाई जाहेरीका लागि भन्दा मिलापत्र गरियो । यस्तो जवाफले भोली हाम्रो समाज कहाँ जादैछ ? कारवाही गर्ने निकाय र देशमा शान्तिसुरक्षाको जिम्मेवारी लिएको निकायले जवाफ दिनु पर्दैन ? कसैको डर धाक धम्किले कानूनको धज्जी उड्ने भए किन चाहियो प्रहरी र प्रशासन ? जनतालाई शान्तिपुर्वक बाँच्न पाउने नागरिरको मौलिक हकको रक्षा गर्ने कि शक्ति केन्द्रको दलाली ? कैलाली प्रशासनसामु टड्कारो पश्न खडा भएको छ । जब पीडित सम्पूर्ण समाजको अगाडी नै कुटाई खानुपरेको छ । जीवन रक्षाको लागि याचना गर्नु परेको छ । बाँच्न सकिन्छ कि भन्ने आशामा जे पनि वक्नु परेको छ त्यस्ता व्यक्तिले उजुरी दिएन भनेर केहि कारवाही नगर्नूले प्रशासन र प्रहरीको जिम्मेवारितामाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ ।

समाजमा नारीहरु के–के विषयमा पीडित बनिरहेको छ भन्ने सामान्य चेतनाको विकास गर्न पनि नसक्ने नारी संघसंगठनहरुलाई राधा चौधरीको यो हिंसाले प्रश्न चिन्ह खडा गरिदिएको छ । अझैँ सबैभन्दा गम्भीर प्रश्न भनेको भोलेबाबा भन्ने रामवहादुर चौधरीलाई मेयर र जनप्रतिनिधीहरुको टोलीले नै प्रश्रय दिएर उनिहरुको हैसियत उदाङ्गो पारिदिएको छ । कारवाही गर्ने निकाय समेत जमात र भीडको पछाडी लाग्दा यस्ता घटनाहरुले झन झन प्रश्रय पाएको बुझन गाह्रो छैन ।

सेति अन्चल अस्पताल धनगढीमा जीवन र मरणको दोसाँधमा रहेकी राधा चौधरीको यो बोक्सीको आरोपमा भएको घटनाले सिंगो देशमा नै नारी हक हितका लागि काम गर्ने विभिन्न निकायको खिल्लि उडाएको छ । नारीहरुको मुख्य समस्या के हो ? समाजमा नारीहरु के–के विषयमा पीडित बनिरहेको छ भन्ने सामान्य चेतनाको विकास गर्न पनि नसक्ने नारी संघसंगठनहरुलाई राधा चौधरीको यो हिंसाले प्रश्न चिन्ह खडा गरिदिएको छ । अझैँ सबैभन्दा गम्भीर प्रश्न भनेको भोलेबाबा भन्ने रामवहादुर चौधरीलाई मेयर र जनप्रतिनिधीहरुको टोलीले नै प्रश्रय दिएर उनिहरुको हैसियत उदाङ्गो पारिदिएको छ । कारवाही गर्ने निकाय समेत जमात र भीडको पछाडी लाग्दा यस्ता घटनाहरुले झन झन प्रश्रय पाएको बुझन गाह्रो छैन ।

नागरिकको मौलिक हक अन्र्तगत शान्तिपुर्वक बाँच्न पाउने हकलाई समाजमा विभिन्न तत्व र नाममा महिलामाथि विभिन्न प्रकारको हिंसा वेग्रल्ती देख्न सकिन्छ । यस्ता घटनालाई निरुत्साहित गर्नका लागि कानुन वमोजिमको कारवाही नै हो । तर, यसमा ध्यान नदिँदा र मिलापत्रका नाममा सम्वन्धित निकायले नै महिलामाथी हुने यस्ता घटनालाई प्रश्रय दिईरहेका छन् । जुन सम्बन्धित निकायको अक्षुष्ण लापरपाही हो । मिलापत्रका नाममा हुने यस्तो गतिविधिले समाजलाई झन कुरिति, अन्धविश्वासलाई थप मलजल गर्ने कुरामा सम्वन्धित निकायको ध्यान जान जरुरी छ । हैन भने शक्ति र सत्ताको पछाडी लाग्ने हो भने शान्ति सुरक्षा केवल शक्ति हुनेहरुका लागि मात्र हो भन्ने कुरा पुष्टि हुनेछ र सर्वसाधारणको सरकार र सबवन्धित निकायप्रतिको आस्था र गरिमा घटनेछ ।

सिंगो समाजलाई दुर्गन्धित गर्ने कैलालीको देउकलीमा भएको यो घटनाको पीडक पार्वती चौधरी, भोले बाबा भन्ने रामवहादुर चौधरीलाई कानुन वमोजिम कारवाही होस । दवावको भरमा मात्र काम गर्ने नत्र सर्वसाधारणलाई मात्र कानुन नाममा दुःख दिने प्रहरी प्रशासन देशको कानुन अनुसार काम गर्न तैयार हुनुपर्दछ । नभए यस्ता घटना समाजमा घटिरहनेछ । कारवाही गर्ने निकाय नै मेलमिलापको नाममा पीडकलाई उन्मुक्ति दिनु भनेको राज्यद्रोह शिवाय केहि हुन सक्दैन । समाजको त्यो भीडमा पीडित राधा चौधरीको पुकार सुन्ने त्यत्रो समाजमा कोही भएनछ, धन्न हाम्रो चेतना र मानवता !

भाषणमा ठूला ठूला करा गर्ने महिला अधिकारकर्मीहरु अवसरका लागि मात्र महिलामा समानता खोज्नु, शक्तिका लागि मात्र महिला मुक्तिका कुरा गर्ने शैलीले सिंगो महिला अधिकारकर्मीहरुको खिल्ली उडाएको छ । समानता र न्याय काठमाडौँम्ँ मात्र होईन देशका दूरदराज सम्मका लागि हो भन्ने बुझ्न नसक्ने महिला अधिकारकर्मीहरुले बेलामा नै महिलामाथिको चरम हिंसाको लागि आवाज उठाउनुपर्नेछ । होईन भने महिलाहरु सधैं केहि न केहि विषयलाई दिएर मर्ने, अपहेलित हुने र अत्याचार सहनुपर्ने भईरहनेछ ।

सिंगो समाजलाई दुर्गन्धित गर्ने कैलालीको देउकलीमा भएको यो घटनाको पीडक पार्वती चौधरी, भोले बाबा भन्ने रामवहादुर चौधरीलाई कानुन वमोजिम कारवाही होस । दवावको भरमा मात्र काम गर्ने नत्र सर्वसाधारणलाई मात्र कानुन नाममा दुःख दिने प्रहरी प्रशासन देशको कानुन अनुसार काम गर्न तैयार हुनुपर्दछ । नभए यस्ता घटना समाजमा घटिरहनेछ । कारवाही गर्ने निकाय नै मेलमिलापको नाममा पीडकलाई उन्मुक्ति दिनु भनेको राज्यद्रोह शिवाय केहि हुन सक्दैन । समाजको त्यो भीडमा पीडित राधा चौधरीको पुकार सुन्ने त्यत्रो समाजमा कोही भएनछ, धन्न हाम्रो चेतना र मानवता !