२९ आश्विन २०८३, बिहिबार

प्रजनन स्वास्थ्यबारे महिलालाई अधिकार दिनुपर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । प्रजनन स्वास्थ्यका विषयमा निर्णय गर्ने अधिकार महिलालाई नै दिनुपर्नेमा सरोकार भएका पक्षले जोड दिएका छन् ।

महिला, कानून र विकासमञ्चले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको अन्तर्क्रियामा प्रजनन स्वास्थ्य अधिकार महिलाको संवैधानिक मौलिक अधिकार भएको हुँदा निर्णय गर्ने अधिकार स्वयंलाई दिनुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महिलाको अधिकारलाई कसैले पनि हस्तक्षेप गर्न नपाउने नेपालको ऐन तथा कानून भए पनि नेपालमा प्रजनन स्वास्थ्यका विषयमा महिला तथा पुरुषबीचमा विभेद रहेकामा दुःख व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल ल क्याम्पसमा अध्यनरत कानूनका विद्यार्थीले पनि इच्छाविपरीत कुनै पनि कार्य गर्नु र गराउनु कानूनविपरीत रहेको र प्रजनन स्वास्थ्यमा आत्मनिर्णयको अधिकार दिनुपर्ने धारणा राखेका थिए । नेपालको संविधानमा प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक हकभित्र राखिएको छ । –रासस