३० आश्विन २०८३, शुक्रबार

रसियाको कार्गो विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरियामा यस्तै प्रकारको एन–२६ नामक विमान दुर्घटनामा परेको छ । तस्वीरः रोयटर्स ।

डमासकस, २३ फागुन । रसियाको कार्गो विमान सिरियामा दुर्घटना हुँदा विमानमा सवार सबै ३९ जनाको मृत्यु भएको छ ।

लताकियास्थित सिरियाको एयरबेसमा एन–२६ नामक विमान दुर्घटना भएको रक्षा मन्त्रालयलाई उदृढ गर्दै समाचार संस्थाहरुले जनाएका छन् । समाचारमा जनाइए अनुसार प्राविधिक समस्याका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक सूचना आएको छ । दुर्घटनामा मारिएका सबै ३९ जना रसियन सेनाका सदस्य हुन् ।

सो विमान कुनै पनि आक्रमणबाट खसालिएको नभएको सेनाका अधिकारीले बताएका छन् । रसियन स्टेट टेलिभिजनले बताए अनुसार विमान ५०० मिटरमाथिबाट तल खसेको थियो । –एजेन्सी