२९ आश्विन २०८३, बिहिबार

पाल्पामा १५ कुष्ठरोगका बिरामी फेला

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, २३ फागुन । पाल्पा जिल्लामा यस आर्थिक वर्षमा १५ जना कुष्ठरोगका बिरामी फेला परेका छन् ।

साउनदेखि यता पुरुष १० र महिला पाँच गरी १५ जना कुष्ठरोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । गत आवमा पुरुष १० र महिला नौ गरी जम्मा १९ जना कृष्ठरोगका बिरामी फेला परेको ज्ञवालीले बताउनुभयो ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा ढिलो सर्ने हुँदा पनि यसको समयमा नै उपचार गरेमा रोग निको हुने उहाँको भनाइ छ । जिल्लाका ६६ वटा स्वास्थ्य संस्थाबाट यसको निःशुल्क उपचार भइरहेको छ । –रासस