२९ आश्विन २०८३, बिहिबार

सुन्दरबजार अस्पतालमा ३ दिने निःशुल्क आँखा शिविर शुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिमुलक तस्वीर (फाइल) ।

– बेलिना थापा
लमजुङ, २२ फागुन । सुन्दरबजार नगरपालिकास्थित सुन्दरबजार अस्पतालमा मंगलबारबाट ३ दिने निशुल्क आँखा शिविर संचालन गरिएको छ । शिविरको मंगलबार एक समारोहका विच सभासद डा. भिष्मनाथ अधिकारीले उद्घाटन गरेका थिए ।

निःशुल्क आँखा शिविरको मंगलबार पहिलो दिनमै १५ जनाको मोतियाबिन्दुको सल्यक्रिया गरिएको छ । आँखा जाँच भने १ सय १६ जनाले गराएको सुन्दरबजार अस्पताल व्यबस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताए । शिविरमा आएकाहरुको आँखा जाँच सँगै निशुल्क औषधी वितरण र परामर्श समेत प्रदान गरिएको उनले बताए ।

शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेशवर काठमाडौँको प्राविधिक सहयोग रहेको थियो । अस्पतालका बरिष्ठ आँखा विशेषज्ञ पुजा कार्की लगायतको ९ जनाको टोलीले सेवा दिएका थिए । सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सुन्दरबजार अस्पताल व्यबस्थापन सतितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, भोटेओडार सेवा समाज काठमाडौँका अध्यक्ष श्रीकान्त सापकोटा लगायतको उपस्थिति थियो ।

शिविर सुन्दरबजार नगरपालिकाको सहयोग र भोटेओडार सेवा समाज काठमाडौँको समन्वयमा संचालन गरिएको हो । शिविर बिहीबार सम्म संचालन हुनेछ ।