२९ आश्विन २०८३, बिहिबार

वाथरुपमा नाङ्गै भेटिएको यो जोडी अस्पताल लैजाँदा…

36.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीको इन्दिरपुर गाजियाबादमा श्रीमान–श्रीमती वाथरुममा मृत अवस्थामा भेटिएका छन् । शुक्रबार राति स्थानीय समयअनुसार ९ः३० बजे उनीहरू नाङ्गै अवस्थामा बाथरुममा मृत भेटिएका हुन् ।

मृतक निरज सिंघानियाका बुवाका अनुसार शुक्रबार साँभ ५ः३० बजे घरका सदस्य होली खेल्न जाँदा उनका छोराबुहारी कोठामै थिए । करिब ७ः३० बजे छोरा बुहारीलाई बोलाउन जाँदा ढोका ढकढकाइयो ।

ढोका नखुलेपछि निरज सिंघानिया छोराबुहारी गहिरो निद्रामा छन् भनेर उनीहरू फर्किए । फेरि राति ९ः३० बजे ढोका ढकढक्याउँदा भित्रबाट केही जवाफ नआएपछि कान्छो छोरालाई बोलाएर ढोका फुटाउँदा बाथरुमा उनीहरू नांगै बेहोस अवस्थामा भेटिएका थिए ।

लगत्तै उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो । वेहोस अवस्थामा पुर्‍याइएका दुवैजनालाई अस्पतालले मृत घोषित गरेको थियो । पोष्टमार्टमको रिपोर्ट आउन भने बाँकी छ ।

प्रहरीका अनुसार मृतक ३८ वर्षीय निरज सिंघानिया र उनकी श्रीमती रुचि सिंघानिया एक निजी कम्पनीमा माथिल्लो पोस्टमा कार्यरत थिए । उनीहरूले २०१० सालमा विवाह गरेका थिए । मृतक दम्पतीका चार वर्षीय एक छोरी छन् । – एजेन्सी