वासिंगटन, १८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सञ्चार निर्देशक होप हिक्सले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।
म्पसँग सबैभन्दा लामो समयसम्म बसेर सहयोग गर्नेमध्येकी हिक्सको राजीनामाले उनलाई थप झट्का लागेको अनुमान गरिएको छ ।
एउटा विज्ञप्ति जारी गर्दै उनले आफूले पदबाट राजीनामा दिने भन्दै ट्रम्पलाई कुनै पनि शब्दमा धन्यवाद व्यक्त गर्न नसक्नेबताएकी छन् ।
ह्वाइटहाउसले मंगलबार एउटा संसदीय समितिमा प्रमाण उपलब्ध गराउने क्रममा उनले राष्ट्रपति ट्रम्पको पक्षमा झुटो बोलेको स्वीकार गरेको विवरण बाहिर आएको थियो ।
यद्यपि, राजीनामा सो प्रसंगसँग नजोडिएको दाबी गरिएको छ । राजीनामा घोषणा गरेकी हिक्सलाई राष्ट्रपति ट्रम्पले साँच्चिकै असल महिला भन्दै उनको अभाव सधैं खट्किने बताएका छन् ।
२९ वर्षीया होप हिक्स पूर्वमोडेल तथा ट्रम्प अर्गानाइजेसनकी पूर्वकमर्चारीसमेत हुन् । उनले आÏना सहकर्मीहरूलाई आफूले ह्वाइटहाउसमा गर्नुपर्ने सबैथोक सम्पन्न गरेको बताउँदै राजीनामाको संकेत गरिसकेकी छन् ।
ह्वाइटहाउसको सञ्चार निर्देशकको भूमिका निर्वाह गर्ने उनी चौथो महिलासमेत हुन् । ह्वाइटहाउसकी प्रवक्ता सारा स्यान्डर्सले हिक्सले कहिलेबाट पद छाड्ने भन्नेबारेमा स्पष्ट भइनसकेको जनाएकी छन् ।
उनले अमेरिकी संसद्को गुप्तचर समितिमा मंगलबार बयान दिएकी थिइन् । संसदीय समितिसमक्ष हिक्सले राष्ट्रपति ट्रम्पको पक्षमा बेलाबेलामा झुटो बोलेको स्वीकार गरेकी थिइन् । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पको प्रेस सचिवको भूमिकामा रहेकी उनले राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपको आरोपसँग सम्बन्धित विषयमा झुटो नबोलेको पनि उल्लेख गरेकी छन् ।
गत वर्षको अगस्टमा अचानक एन्टोनी स्कारामुचीलाई बर्खास्त गरिएपछि उनलाई ह्वाइटहाउसको सञ्चार टोलीको प्रमुखको जिम्मेवारी दिइएको थियो । कामका क्रममा उनी यति धेरै चर्चामा भने आएकी थिइनन् ।
राष्ट्रपति ट्रम्पले उनले निकै राम्रोसँग आÏनो जिम्मेवारी बहन गरेको भन्दै भविष्यमा पनि उनीसँग काम गर्ने चाहना व्यक्त गरेका छन् । सन् २०१७ को जनवरीमा ट्रम्प राष्ट्रपति भएपछि उनले नियुक्त गरेका सहयोगी तथा सल्लाहकारमध्ये पदबाट राजीनामा दिने उनी तेस्रो व्यक्ति हुन् । – एजेन्सी















प्रतिक्रिया