१ कार्तिक २०८३, आइतबार

दश वर्षमा पनि पूरा भएन रंगशाला निर्माण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १६ फागुन । पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिं रंगशाला निर्माण शुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन ।

विसं २०६४ बाट निर्माण शुरु भएको जिल्लाको एक मात्र ‘इलेभेन’ साइजको खेलमैदान बजेट अभाव लगायतका विविध कारणले निर्माण कार्यले अझैसम्म पूर्णता नपाएको हो । सेभेन साइजमा रहेको खेलमैदान स्थानीयवासीको परिकल्पनामा रंगशाला निर्माण थालिएको थियो ।
निर्माणका लागि अहिलेसम्म तत्कालीन जिल्ला विकास समिति, गाविसका साथै सोही ठाउँबाट खाडी मुलुकमा विदेशिएका युवा, जिल्ला खेलकुद विकास समिति, उच्च माध्यमिक शिक्षा परिषद्, सांसद विकास क्षेत्र कोष, वडापालिका लगायतबाट रु ४२ लाखभन्दा बढी खर्च भइसकेको छ ।

स्थानीय स्तरमा खेदकुदको विकास गर्ने उद्देश्यका साथ निर्माण प्रारम्भ भएको रंगशालाको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको स्थानीय चोरुलुङ क्लबका अध्यक्ष वीरबहादुर थाम्सुहाङले बताए । थाम्सुहाङका अनुसार अहिलेसम्म रंगशालाको लम्बाइ, चौडाइ र स्टेप कटिङका साथै मञ्च निर्माण कार्य पूरा भएको छ । अब लेबल मिलाउने, हरियो दुबो उमार्ने र भौतिक संरचनाको काम बाँकी रहेको छ ।

रंगशाला निर्माण चाँडै पूरा गर्न विभिन्न निकायमा सहयोगी हात खोजी गर्ने काम भइरहेको थाम्सुहाङले बताए । रंगशालाका लागि निर्माण भएको मञ्चको भने २०७१ सालमै तत्कालीन खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माबाट उद्घाटन भइसकेको छ । –रासस