३० आश्विन २०८३, शुक्रबार

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजायको माग

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गेउन हाईलाई सोल स्थित केन्द्रीय जिल्ला अदालतमा उपस्थित गराईदै । तस्वीरः एपी ।

सोल, १५ फागुन । दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई उनले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ ।

यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उनलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् । पार्क ६६ वर्षकी हुन् । उनले भ्रष्टाचार गरेको र आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ ।

सो मुद्दामा गएको करिब एक वर्षदेखि सुनुवाई जारी रहेको छ । गत वर्षको मार्च महिनामा उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । उक्त मुद्दाको सुनुवाई दक्षिण कोरियाको सर्वाेच्च अदालतमा जारी छ । उनलाई गएको वर्षदिनदेखि प्रहरी हिरासदमा राखिएको छ ।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो । दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुन् । –रासस/एएफपी