३० आश्विन २०८३, शुक्रबार

काबुलमा आत्मघाती बम आक्रमण हुँदा एकको मृत्यु, छ घाइते

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर । तस्वीरः रोयटर्स ।

काबुल, १२ फागुन । अफगानिस्तानको राजधानी काबुलमा विदेशी कार्यालयहरुसमेत रहेको इलाकालक्षित शनिबार एक आत्मघाती बम आक्रमण भएको छ । यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका छन ।

काबुलको शास दराक क्षेत्रमा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी आक्रमण गराएका थिए । यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले एएफपी समाचार समितिलाई बताउनु भएको छ । –रासस/एएफपी