२९ आश्विन २०८३, बिहिबार

नेपाली पासपोर्टले यी देशहरुमा सजिलै लाग्छ भिसा

91.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाढा हरियो रंगमा भिसा नचाहिने देशहरु, फिक्का हरियो रंगमा सोही देशमा पुगेर भिसा लिन सकिने देशहरु, निलो रंगमा इलेक्ट्रोनिक भिसा चाहिने देशहरु, अन्य प्रवेश पूर्व भिसा चाहिने देशहरु फिक्का कालो रंगमा ।

काठमाडौँ । नेपाली पासपोर्टधारीले विश्वका ३९ देशमा विना भिसा प्रवेश पाउन सक्छन् । तिमध्ये केही देशमा भिसा लाग्ने भएपनि नेपाली पासपोर्टधारीले सो देशमा पुगेर भिसा (भिसा अन अराइभल) लिन सक्छन् ।

पासपोर्ट इण्डेक्स डट ओरजी (passportindex.org)का अनुसार नेपालले भिसा फ्रि इन्डेक्समा ३९ अंक प्राप्त गरेको छ । अर्थात नेपालको पासपोर्टमार्फत विश्वका ३९ देशमा विना भिसा प्रवेश पाउन सकिन्छ । नेपालीले सिंगापुर, इण्डोनेशिया तथा फिलिपिन्स जस्ता देशहरुमा घुम्न जान चाहेमा भिसाको लागि कुनै चिन्ता गर्नु पर्दैन । र नेपाली नागरिकहरु यस्ता देशहरुमा निश्चित समयसम्म पर्यटकको रुपमा बस्न पाउँछन् ।

पासपोर्ट इण्डेक्स डट ओरजीमा नेपालले विना भिसा प्रवेश पाउने र भिसा चाहिने देशहरु सूचीकृत छ । सो वेबसाइटमा विश्वका सबै भिसाहरुको बारेमा जानकारी राखिएको छ । ३९ देशसँग विना भिसा प्रवेशको लागि नेपालले सहमति गरेको छ । भारतसँग भने खुल्ला सिमाका कारण स्वतन्त्र आवाज जावतको व्यवस्था छ ।

नेपाल पासपोर्ट सूचकमा ३९ अंकका साथ ८९ स्थानमा छ । सो सूचकमा सिंगापुर १६२ अंकका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको पनि १६२ अंक नै छ । त्यस्तै जर्मनी तेस्रो (१६१), जापान चौथो (१६१), डेनमार्क पाचौँ (१६०), स्वीडेन छैठौँ (१६०), फिनल्याण्ड सातौँ (१६०), इटाली आठौँ (१६०), फ्रान्स नवौँ (१६०) र स्पेन दशौँ स्थानमा छन् । यसैगरी चिन ६५ अंकका साथ ६५ औँ स्थानमा छ भने ५७ अंक पाएको भारत ७३ औँ स्थानमा छ ।