काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने निश्चित भएमा अहिले बाँडफाँड गरिएका मन्त्रालयमध्येबाट कम्तीमा एक–एकवटा मन्त्रालय छाड्ने समझदारी भएको छ ।
‘मन्त्रिपरिषद् विस्तार गर्दा फोरमलाई पर्खिनैपर्ने अवस्था छैन,’ प्रधानमन्त्री ओलीका पूर्व राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘उहाँहरू सहभागी हुने परिस्थिति निर्माण भयो भने त्यतिवेलै फेरबदल हुन सक्छ ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
१० मन्त्रालय, तीन गुणा आकांक्षी
माओवादीसँगको सहमतिमा एमालेले १० मन्त्रालय पाउने प्रारम्भिक समझदारी भए पनि पदाधिकारीसहित तीन गुणा बढी आकांक्षी छन् । उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठसहित थुप्रै आकांक्षी देखिएका हुन् । मन्त्रालय बाँडफाँड नटुंगिएका कारण दुवै पार्टीबाट कम्तीमा पाँचजना समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी लम्बिएको छ । सबै तयारी पूरा भएपछि आइतबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने रिमालले बताए ।
प्रस्तावित मन्त्रालय
एमाले : अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या
माओवादी : गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, सहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि, सहकारी तथा भूमि व्यवस्थापन, श्रम, रोजगार तथा महिला, बालबालिका












प्रतिक्रिया