आइतबार, २३ मंसिर २०७५
DainikNepal.com
आइतबार, २३ मंसिर २०७५

लहानमा प्रेसर कुकर बम विष्फोट हुँदा एकजना घाइते

दैनिक नेपाल २०७४ फागुन १० गते १४:४३

फाइल फोटो ।

लहान, १० फागुन । लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा बिहीबार दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ ।

बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ ।
उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित