शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

भ्रष्टाचार हुने देशको सूचीमा नेपाल १२२ औँ स्थानमा

दैनिक नेपाल २०७४ फागुन १० गते १३:०५

काठमाडौँ, १० फागुन । विश्वका सबैभन्दा धेरै भष्ट्राचार हुने देशहरुमा नेपाल १२२ औँ स्थानमा देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको २०१७ को प्रतिवेदन अनुसार नेपालले केही स्थान सुधार गरेर १२२ औं स्थानमा परेको हो ।

यसपटक ९ स्थान माथि उक्लिएको नेपाल ३१ अंक छ । सन् २०१६ को तुलनामा नेपालमा भष्ट्राचार भने न्यूनिकरण भएको देखिएको छ । २०१६ मा १०० अंकमा २९ अंक नेपालले प्राप्त गरेको थियो भने २०१७ मा २ अंक सुधार गरी ३१ अंक प्राप्त गरेको छ ।

राष्ट्रको अवस्था सार्कका ८ राष्ट्रहरुमध्ये सबैभन्दा कम भष्ट्राचार भएको राष्ट्र भुटान रहेको छ भने सबै भन्दा बढी भष्टाचार हुने राष्ट्रमा अफगानस्तान छ । भुटान कम भष्ट्राचार हुनेको सूचीमा २६ औँ स्थानमा रहेको छ । अफगानस्तान धेरै भष्ट्राचार गर्नेको सूचीमा तेस्रो स्थानमा रहेको छ । देश कम भष्ट्राचार गर्नेबाट बनाएको स्थान प्राप्त अंक भुटान ६७ अंकसहित २६, भारत ४० अंकसहित ८१ स्थानमा छ । यसैगरी श्रीलंका ३८ अंकसहित ९१, मालदिभ्स ३३ अंकसहित ११२, पाकिस्तान ३२ अंकसहित ११७, बंगलादेश २८ अंकसहित १४३ र अफगानीप्स्तान १५ अंकसहित १७७ औँ स्थानमा छ ।

प्राप्त अंकमा १०० लिनेमा कम र ० लिनेमा सबै भन्दा बढी भष्ट्राचार भएको मानिएको छ । राजनीति, वित्तीय अनुशासन, न्यायमा पहुँच लगायतका ६ वटा मापदण्डको आधारमा देशहरुलाई शून्यदेखि १०० सम्म अंक दिइन्छ । शून्य अंक पाएमा सबैभन्दा भ्रष्टाचार हुने र १०० अंक पाएमा भ्रष्टाचार नभएको मानिन्छ ।

सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजिल्यान्ड पहिलो र डेनमार्क दोस्रो स्थानमा छन् । उनीहरुले पाएको नम्बर क्रमशः ८९ र ८८ छ । चीन ४१ नम्बरसहित ७७ औं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित