१४ कार्तिक २०८३, शनिबार

मन्त्रालय थप्न प्रस्ताव, मन्त्रीको संख्या बढ्ने !

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ मन्त्रालाय रहने भएका छन् । यसअघि सामान्य प्रशासन मन्त्रालयले १५ मन्त्रालय राख्न प्रस्ताव गरेको थियो ।

प्रस्ताव संशोधन गरिसकेको प्रधानमन्त्री कार्यालयले अब मन्त्रिपरिषद्मा निर्णायर्थ पेस गर्दैछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आर्थिक वृद्धि तथा समृद्धि, मानव विकास, शासकीय क्षेत्र र अन्तर्राष्ट्रियसम्बन्धी गरी चार आधारमा मन्त्रालयाको नयाँ खाका तयार पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीको सचिवालयले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मन्त्रालयको १८ पुर्‍याएको जनाएको छ । यसअघि समान्यले पनि यिनै चार आधारमा प्रशासनविद्हरुको सहयोगमा केन्द्रमा १५ मन्त्रालय उपयुक्त हुने प्रस्ताव गरेको थियो ।

मुख्यसचिवको सचिवालयका अनुसार यसअघि प्रस्ताव गरिएको १५ मन्त्रालयको आकार ठूलो भएकाले मन्त्रालयको संख्या बढाउनु परेको हो ।