२९ आश्विन २०८३, बिहिबार

कोख भाडामा लिएर १६ सन्तान जन्माइ भाग्न खोज्दा…

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

थाइल्याण्ड । थाइल्याण्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरूबाट कम्तीमा १६ जना सन्तान जन्माएका एक जापानी पुरूषलाई १३ सन्तानको पूर्णजिम्मेवारी दिने फैसला सुनाएको छ ।

साढे तीन वर्षयता ती बालबालिकाहरुलाई थाइ सरकारले हेर्दै आएको थियो । थाइ महिलालाई कोख भाडामा लगाएबापत विदेशीले रकम तिर्ने गरेको र कोख भाडामा लगाउने व्यवसाय व्यापकरूपमा विस्तार भएको खुलासा भएपछि सरकारी अधिकारीले हस्तक्षेप गरेका थिए ।

यसैक्रममा डिएनए परीक्षणले प्रविधि क्षेत्रका एक जना अर्वपतिका छोरा मित्सुतोकी सिगेताले कोख भाडामा लिएर कम्तीमा १६ सन्तान जन्माएको देखाएको थियो ।

तीन वर्षअघि मित्सुतोकी सिगेता एक जना नवजात बालकसहित थाइल्याण्डबाट बाहिरिन लागेको एउटा धमिलो तस्वीर प्रकाशित भएपछि उनले कोख भाडामा लिएर किन यति धैरै सन्तान जन्माइरहेका छन् सत्य पत्ता लागेको थियो ।

तर उनका वकिलले उनले एउटा ठूलो परिवार चाहेको र एकजना धनाढ्य जापानी व्यापारीको छोरा भएको हैसियतमा उनले तिनीहरूलाई राम्रोसँग भविष्य दिन सक्ने तर्क दिएका छन् । – एजेन्सी