१४ कार्तिक २०८३, शनिबार

सहमतिको खुसीमा बालुवाटारमा भोज

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले माओवादीसँग एकीकरणको प्रारम्भिक आधारमा हस्ताक्षर भएको खुसियालीमा पार्टीका नेतालाई रात्रिभोज दिएका छन् ।

मंगलबार साँझ भोजमा सहभागी हुन एमाले शीर्ष नेताहरूसहित स्थायी समिति सदस्य बालुवाटार पुगेका थिए ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘तपाईंहरूलाई कुनै औपचारिक बैठक या छलफलका लागि होइन, पार्टी एकीकरण गर्ने सहमतिको खुसियालीमा आयोजित डिनरमा बोलाएको हुँ,’ ओलीले संक्षिप्त धारणा राखेर डिनर लिन आग्रह गरेका थिए ।

‘अनौपचारिक रूपमा खुसी साटासाटपछि हामी डिनर सकेर फर्कियौँ,’ स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने ।