काठमाडौं, ८ फागुन । ओली र प्रचण्डबीच एकीकृत पार्टीको संगठनात्मक स्वरुपबारे दुईओटा विकल्पमा केन्द्रीत रहेर छलफल भए पनि सोमबारको बैठकमा भने ठोस छलफल नभएको स्रोतले जनाएको छ ।
दुई अध्यक्षबीच अन्तरिमकालीन केन्द्रीय कमिटी दुई अंकको नबढ्नेगरी, पोलिटब्यूरो र स्थायी समिति बनाउने पहिलो विकल्पमा छलफल भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तर, छरितो केन्द्रीय कमिटी बन्ने सम्भावना कम देखिएकाले एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट ४० प्रतिशत थप गरेर केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी समिति बनाउने विकल्पमा छलफल चलेको छ ।
तर, यस सम्बन्धमा अन्तिम गृहकार्य अब गठन हुने संगठनात्मक स्वरुप गृहकार्य गर्न गठित कार्यदलले तयार पार्ने स्रोतको दाबी छ ।












प्रतिक्रिया