शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

सात तस्वीरमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको बालुवाटार प्रवेश (फोटो फिचर)

दैनिक नेपाल २०७४ फागुन ७ गते ७:५७

तस्बिर: प्रदीपराज वन्त/रासस

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन् ।

बिहीबार प्रधानमन्त्रीको पद्भार सम्हालेका ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्दै आएको थिए । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासबाट सरेपछि आइतबार प्रधानमन्त्री ओली सरकारी निवासमा सरेका हुन् । बालुवाटार प्रवेशको क्रममा प्रधानमन्त्री ओलीलाई पार्टीका नेता, कार्यकर्ता, सरकारी कर्मचारी तथा शुभेच्छुकहरुले स्वागत गरेका थिए ।

तस्वीर सबै रासस ।

प्रतिक्रिया
सम्बन्धित