काठमाडौँ, ६ फागुन । एनआईसी एशिया बैंकको नयाँ शाखा देवदह नगरपालिका–५, खैरेनी, रुपन्देहीमा स्थापना गरिएको छ ।
खैरेनी शाखाको आइतबार एक समारोहबीच देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले उद्घाटन गरे । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
खैरेनी शाखाको उद्घाटनसँगै हाल यस बैंकले देशभर १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालनगर्ने योजना अगाडी सारेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल जानकारी दिए ।















प्रतिक्रिया