३० आश्विन २०८३, शुक्रबार

इरानमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६६ पुग्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । इरानमा भएको विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६६ पुगेको छ । असिमान एयरलाइन्सको जहाज दुर्घटनामा एक बालिकाको समेत मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

मध्य इरानस्थित पहाडी क्षेत्रमा विमान दुर्घटना भएको स्थानीय संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । असिमान एयरलाइन्सको दुर्घटनाग्रस्त एटिआर ७२–५०० बिमान भएको बताइएको छ । खराब मौसमका कारण विमान दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । बाक्लो हुस्सुका कारण उद्धारका लागि घटनास्थलमा हेलिकोप्टर पुग्न समस्या भएको थियो ।

अन्तर्राष्ट्रिय नाकाबान्दीको कारण इरानको व्यवसायिक उडान भर्ने विमानहरु दशकौ पुराना छन् । जुन पछिल्लो केही वर्षमा नियमित जस्तो दुर्घटनामा पर्ने गरेका छन् । अमेरिकासहित पश्चिमा देशहरुसँग परमाणु सम्झौतापछि इरानले बोइङ र एयरबससँग नयाँ विमान खरिदको सम्झौता गरेको छ ।