३० आश्विन २०८३, शुक्रबार

इरानमा ६० भन्दा बढी यात्रु सवार विमान दुर्घटना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । इरानमा कम्तिमा ५० जना सवार एउटा विमान दुर्घटना भएको छ । मध्य इरानस्थित पहाडी क्षेत्रमा विमान दुर्घटना भएको स्थानीय संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको यात्रुवाहक विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको हो । बीबीसीका अनुसार विमानमा ५० देखि ६० यात्रु रहेको बताइएको छ । दुर्घटनास्थल हिमाली क्षेत्रमा रहेकाले सोही अनुसार आपतकालिन उद्धारका लागि उद्धारकर्मी परिचालन गरिएको बताइएको छ ।

घटनाका विषयमा थप विवरणहरु आउने क्रम जारी छ ।