१४ कार्तिक २०८३, शनिबार

गठबन्धनका २५ बढी नेता मन्त्रीका आकांक्षी (नामसहित)

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । एमाले र नेकपा माओवादी केन्द्रमा दुई दर्जन बढी नेता मन्त्रीका आकांक्षी देखिएका छन् ।

बढीमा १५ वटा मन्त्रालय रहने सरकारमा सहभागी हुन दुवै पार्टीका प्रभावशाली नेतासहित दुई दर्जन बढी आकांक्षी देखिएपछि मन्त्रिपरिषद् विस्तार पेचिलो बन्ने देखिएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

एमाले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, नेताहरू रवीन्द्र अधिकारी, रघुवीर महासेठसहित दर्जनभन्दा बढी नेताले मन्त्री हुने आकांक्षा व्यक्त गरेका छन् ।

यीमध्ये पोखरेल, भट्टराईसहितका नेतालाई मन्त्री बनाउने आश्वासन निर्वाचनताका नै ओलीले आमसभामै गरिसकेका छन् । पौडेल, ज्ञवाली, विष्ट एउटै प्रदेशका भएकाले यीमध्ये एक मन्त्री हुने निश्चित छन् ।

यसैगरी, माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, कृष्णबहादुर महरा, रामबहादुर थापाले प्रधानमन्त्री पछिको मर्यादा क्रम लिएर सरकारमा सहभागी हुन खोजेका छन् ।

माओवादीकै प्रभु साह, मात्रिका यादव, हितबहादुर तामाङ, अग्नि सापकोटा, देवेन्द्र पौडेल, पम्पा भुसाल, रेखा शर्मा, शशि श्रेष्ठ लगायतका दजर्न बढी नेताहरू मन्त्री बन्ने लबिङमा छन् ।

मन्त्रीका आकांक्षी नेताहरूले नेतृत्वसमक्ष दबाब समेत दिइरहेका छन् । केही नेताले आफूले शक्तिशाली मन्त्रालयसहित मन्त्री बन्न खोजिरहेका छन् ।