१४ कार्तिक २०८३, शनिबार

एकता र सरकारमा प्याकेज सहमतिको तयारी,  यी हुन् प्याकेजका एजेन्डा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । माले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तार प्याकेजमै टुंग्याउने गरी छलफल केन्द्रित गरेका छन् ।

धानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएको हो । छलफल सकारात्मक दिशामा अघि बढेको दुवै पक्षका नेताहरूको दाबी छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘एकता र सरकार गठन टुंगो लगाउने गरी सकारात्मक दिशामा छलफल अघि बढेको छ,’ छलफलपछि प्रचण्डले सञ्चारकर्मीसँग भने, ‘आइतबार पार्टी एकता संयोजन समितिको बैठकमा छलफल हुन्छ ।’

दुई पार्टीबीच एकताका लागि सैद्धान्तिक–वैचारिक पक्षमा केन्द्रित रहेर गत बुधबार छलफल भए पनि दुई दिनयता सरकार गठनका कारण स्थगित वार्ता अघि बढ्न सकेको थिएन ।

तर, शनिबार प्रधानमन्त्रीको निजी निवास बालकोटमा ओली र प्रचण्डबीच ‘वन अन वन’ वार्तापछि दुवै नेताबीच आइतबार एकतावार्तापछि दुवै नेताबीच आइतबार एकता संयोजनको बैठकबाट सबै विषय टुंगो लगाउने गरी छलफल गर्ने समझदारी भएको छ ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेताबीच समग्र विषयमा भएको छलफल सकारात्मक रहेकाले एकता संयोजनको बैठकमा प्याकेज छलफल गर्ने समझदारी भएको छ ।

प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) सरकारी निवास बालुवाटार सर्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार निजी निवास बूढानीलकण्ठ फर्किएलगत्तै प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार सर्न लागेका हुन् ।

‘प्रधानमन्त्रीज्यू आइतबार ४ बजेबाट सरकारी निवास बालुवाटार सर्ने समय तय भएको छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘परम्परागत तरिकाले होइन, सामान्य तरिकाले उहाँ सरकारी निवासमा प्रवेश गर्नुहुनेछ ।’

देउवाले सरकारी निवास खाली गरेलगत्तै ओलीको प्रवेशका लागि बालुवाटारमा शनिबार दिनभर सरसफाइ र मर्मतसम्भार गरिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालय आइतबारबाट सरकारी निवास बालुवाटार र सिंहदरबार दुवैतर्फ सञ्चालित हुनेछ ।

विदेशी शक्ति एकता भाँड्ने षड्यन्त्रमा : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीबीचको एकता भाँड्न विभिन्न तत्वले षड्यन्त्र गरिरहेको बताएका छन् । महोत्तरीको हात्तीनेटमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकता र गठबन्धनको प्रक्रिया सुरु भएदेखि पार्टी एकता हुन नदिन षड्यन्त्र भइरहेको दाबी गरे ।

‘नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको लागि कम्युनिस्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ भनेर मैले नै प्रस्ताव अगाडि बढाएँ,’ प्रचण्डले भने, ‘जनताको चाहना पनि यही भएकाले अहिले झन्डै दुईतिहाइ बहुमत वामपन्थीको आएको छ । तर, वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकून् भनेर देशी विदेशी प्रतिक्रियावादी लागिपरेका छन् ।’

वाम गठबन्धनको झन्डै दुईतिहाइ बहुमत आएपछि एमाले र माओवादी केन्द्रलाई प्रलोभन र धम्की दिएर एकता भाँड्ने षड्यन्त्र भएको उनको भनाइ थियो । ‘निर्वाचनमा दुईतिहाइ आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ,’ प्रचण्डले भने ।

 यी हुन् प्याकेज छलफलका एजेन्डा

प्रधानमन्त्री ओली र प्रचण्डबीचको समझदारीअनुसार एकता संयोजनको बैठकमा पार्टी एकताका बाँकी विषय, मन्त्रिपरिषद् भागबन्डालगायत सबै मुद्दामा छलफल हुनेछ ।

सैद्धान्तिक–वैचारिक विषय र नेतृत्व करिब टुंगो लागिसकेकाले एकीकृत पार्टीको सांगठनिक स्वरूपका विषयमा संयोजन समितिमा छलफल हुनेछ ।

दुवै अध्यक्षबीच अन्तरिम कालका लागि सकभर दुई अंकको केन्द्रीय कमिटी र छरितो स्थायी समिति बनाउने दिशामा छलफल भए पनि औपचारिक छलफल भएको छैन । तर, सरकारमा दुवैले आलोपालो नेतृत्व गर्ने समझदारी भइसकेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षका साथै मन्त्रालय भागबन्डा टुंगो लाग्न बाँकी छ । १५ वटा मन्त्रालयमा दुवै पार्टीले चुनावी परिणामका आधारमा सम्मानजनक भागबन्डा गर्ने तयारी गरेका छन् ।