३० आश्विन २०८३, शुक्रबार

अफगान सेनाको कारबाहीमा परी ७० तालिबान लडाकू मारिए

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर ।

अफगानिस्तान, ५ फागनु । अफगानिस्तानको हवाई सेनाले बिहीबारदेखि जारी राखेको हवाई कारबाहीमा परी कम्तीमा पनि ७० जना तालिबान मारिएका छन् ।

दक्षिणी अफगानिस्तानको उरुज्गान प्रान्तमा गएको बिहीबार साँझदेखि अफगानिस्तानको सेनाको नेतृत्वमा भएको सो कारबाहीमा परी ७० जना तालिबान सशस्त्र लडाकू मारिएका र त्यस कारबाहीमा अरु १५ जना घाइते भएकाे समाचारमा जनाइएकाे छ ।

घाइते भएका ती लडाकूहरुलाई हातहतियारसहित नियन्त्रणमा लिइएको  छ । अफगानिस्तानको सेनाका प्रवक्ता खजवा यायाले भने, ‘बिहीबारदेखि यहस देशका सत्रु विरुद्धको कारबाही जारी रहेको छ र यस क्रममा शनिबार बिहानसम्म ७० जना तालिबान मारिएका छन् ।’

यस क्रममा तालिबान आतंककारीहरु लुकेर बस्ने गरेका कम्तीमा १२ वटा आश्रयस्थल पनि ध्वस्त बनाइएको समाचारमा उल्लेख गरिएको छ । त्यस क्रममा ती आश्रयस्थलमा रहेका केही हतियारहरु पनि ध्वस्त भएका अफगान सेनाका प्रवक्ता यायाले जानकारी दिएका छन् । सो क्षेत्रमा तालिबान लडाकूहरुको बाक्लो उपस्थितिको सूचनाका आधारमा सेनाले बिगतका केही समयदेखि यहाँ कारबाही जारी राखेको हो । –रासस/सिन्ह्वा