लण्डन । साउदी अरबका बिजनेस टाइकुन शेख वालिद जुफैली र अमेरिकी मोडल क्रिस्टिना एस्ट्राडाको सम्बन्धविच्छेद सन् २०१४ मा भयो । वालिदले क्रिस्टिनालाई सम्बन्धविच्छेद गरेबापत ७ अर्ब ३६ करोड रुपैयाँ बुझाएका थिए । वालिदले क्रिस्टिनासँग सम्बन्धविच्छेद नगर्दै अर्की महिलासँग विवाह गरेका थिए । पछि, उनले महँगो मूल्य चुकाउनुपर्यो । तर, अहिले वालिदको मृत्यु भइसकेको छ ।
रुसी अर्बपति दिमित्री रिबोलोभलेभ र इलेना रिबोलोभलेभ पनि सन् २०१४ मै छुट्टिए । सम्बन्धविच्छेदका वेला दिमित्रीले इलेनालाई बुझाएको रकम सुन्दा नै अचम्म लाग्छ । उनले ४ खर्ब ८० अर्ब रुपैयाँ बुझाएका थिए । अन्य महिलासँग दिमित्रीको सम्बन्ध रहेको खुलासा भएपछि इलेना छुट्टिएकी थिइन् ।
फ्रान्समा जन्मिएका एलक वाइल्डस्टिन अमेरिकी व्यवसायी हुन् । अर्बपति एलकले जोसलिनसँग बिहे, तर सम्बन्ध लामो समय टिक्न सकेन । सन् १९९९ मा उनीहरू छुट्टिए । एलकको कुनै अर्की महिलासँग ‘अफेयर’ चलेका कारण जोसलिनले छाडिदिएकी थिइन् । यो सम्बन्धविच्छेदमा एलकले २ खर्ब ६० अर्ब रुपैयाँ जोसलिनलाई बुझाएका थिए ।
साउदी अरबका अर्बपति व्यवसायी अदनान खासोगी र सोराया खासोगीको सम्बन्धविच्छेद सन् १९७४ मा भएको हो । अदनानको जुवा खेल्ने लतका कारण सोरायाले कानुनी विछोडको बाटो समातेकी थिइन् । यो सम्बन्धविच्छेदमा अदनानले ८८ अर्ब रुपैयाँ सोरायालाई बुझाएका थिए ।
अमेरिकी व्यवासायी माइकल जोर्डन व्यावसायिक बास्केटबल खेलाडी पनि हुन् । उनको बिहे जुआनिता नामकी महिलासँग भएको थियो । तर, सन् २००६ मा यो सम्बन्ध समाप्त भयो । उनीहरू आपसी सहमतिमै सँगै बस्न नसक्ने निर्णयमा पुगेर सम्बन्धविच्छेदको बाटो रोजेका थिए । यसबापत माइकलले जुआनितालाई करिब २० अर्ब रुपैयाँ बुझाएका थिए ।
रसियन व्यवासयी रोमन अब्रामोभिच र इरिना मालादिनाको सम्बन्धविच्छेद पनि महँगो थियो । सन् २००७ मा इरिनासँग कानुनी रूपमा अलग हुँदा रोमनले ३१ अर्ब रुपैयाँ बुझाएका थिए । अर्की महिलासँग सम्बन्धमा रहेपछि रोमनको इरिनासँगको वैवाहिक जीवन समाप्त भएको थियो ।
समाथर ली किन हङकङका धनी व्यक्ति हुन् । फ्लोरेन्स साङ चाउ विंगसँग सन् २०११ मा उनले सम्बन्धविच्छेद गरे । फ्लोरेन्सले आफ्नो पेटमा बसेकोे गर्भ पतन गर्न मानेबापत समाथरले १६ अर्ब रुपैयाँ बुझाएका थिए । – एजेन्सी













प्रतिक्रिया