काठमाडौँ, ३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिन सेयर बजारमा नेप्से परिसूचक एकैदिन ३६ अंकले बढेको छ । ओली प्रधानमन्त्री भएकै दिन बिहीबार नेप्से परिसूचक १४ सय २४ विन्दुमा पुगेको छ । सेयर बजार पुरै हरियो भएको छ ।
लगानीकर्ताहरुले दोब्बरले लगानी वृद्धि गरेका छन् । बिहीबार ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । उच्च कारोबार हुनेमा वाणिज्य बैंक अग्रस्थानमा छन् ।
कुमारी, नेपाल इन्भेष्टमेन्ट, सानिमा, नबिल, एभरेष्ट, एनएमबी र नेपाल बैंकको सेयर कारोबार उच्चले बढेको छ । कुमारी बैंक र एनएमबी बैंकको तोकिएको चुक्ता पुँजी पुग्न बाँकी रहेको र अन्य बैंकहरु अहिले सवल बैंकको रुपमा देखिएकोले पनि कारोबार बढेको हो । कुमारीको सबैभन्दा धेरै तीन करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
बिहीबार सबै समूहको परिसूचक बढेको छ । आठ समूहमा दुई देखि तीन प्रतिशतसम्म वृद्धि भएको छ । होटेल र ‘अन्य’ समूहको परिसूचक मात्रै एक प्रतिशतसम्म बढेको छ । नेपालको सेयर बजारको आकार १६ खर्ब ६६ अर्ब बराबर छ ।















प्रतिक्रिया