३० आश्विन २०८३, शुक्रबार

प्रधानाध्यापकको गर्भ बोकेकी छात्राको यसरी भयो मृत्यु

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय मृत्युको छानविन गरी पीडितलाई न्याय दिन सरोकारवालाहरूले माग गरेका छन् ।

उनीहरूले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरेर दोषीलाई कारबाहीको माग गरेका हुन् । पत्रकार सम्मेलनमा हुम्लाबाट प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाले घटना रहस्यमय भएको बताउँदै छानविन गरी दोषीलाई कारवाहीको माग गरेका छन् ।

लामाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरे । टुक्चुलु्ङ समाज बौद्धका अध्यक्ष सुनाम लामा, आमा समूह काठमाडौंका अध्यक्ष सुना याङ्जेन लामा, हिमाली बाल समाज हुम्लाका अध्यक्ष कुमार लामा, कैलाश मानसरोबर चिल्ड्रेन अफ हुम्लाका अध्यक्ष छेम्बल लामा, नेपाली हिमाल लामा विद्यार्थी एकता मञ्चका अध्यक्ष जंडुप लामा, कैलाल वाल प्रतिस्ठानका अध्यक्ष पेमा तोप्चेन लामाले संयुक्त विज्ञप्ति जारी गरी दोषिलाई कारवाहीको माग गरेका थिए ।

हुम्लाको नाम्खा गाउँपालिका वडा नं. ५ को तुम्कोट निवासी लेण्डोमिन्गुर लामा तामाङको १७ वर्षीय छोरी सिचुडोमा लामा सोही विद्यालयका प्रधानाध्यापक धनलाल रोकाया बस्ने घरमा बसी एसईईको तयारी गरिरहेकी थिइन ।

सोही क्रममा सिचुडोमालाई अनैतिक कार्य गरी गर्भ पतन गराउन खोज्दा बालिकाको मृत्यु भएको सरोकारवालाको आरोप छ ।

घटनाको उजुरी बाबु लेण्डोमिन्गुर लामा तामाङले जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दर्ता गर्न खोज्दा जिप्रका हुम्लाले आफ्नो क्षेत्राधिकार नपरेको र उक्त उजुरी पोखरामा दिनु भनी आलटाल गरेको पीडित पक्षको भनाई छ ।

छात्रा लामा विरामी भएपछि शिक्षक रोकायाले पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुगाइएको थियो । सोही क्रममा छात्राको मृत्यु भएको थियो ।

जबकी आपत्तकालीन अवस्थामा सुर्खेत वा नेपालगंज ल्याउनु पर्नेमा पोखरा पुर्याएको भन्दै सरोकारवालाहरूले षड्यन्त्र गरिएको आरोप लगाएका छन् ।