१ कार्तिक २०८३, आइतबार

सुजुकी सेलेरियोको धुम्मचक्करमा ग्राहकको आकर्षण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । सीजी मोटोकर्पले राष्ट्रब्यापी सुजुकी सेलेरियो टेष्ट राइड अभियानलाई माघ महिनामा पनि निरन्तरता दिएको छ ।

उपभोक्तालाई खरिद निर्णय लिनुपूर्ण पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले सुजुकीका दशवटा आधिकारिक शोरुम भक्तपुर, बनेपा, पोखरा, बाग्लुङ्ग, दमौली, नारायणघाट, लहान, इटहरी, दमक र विराटनगरमा कार्यक्रम गरेको हो ।

कम्पनीले टेष्ट राईड कार्यक्रम अहिलेसम्म १८ स्थानहरुमा सफलतापुर्वक पौष महिनाको सुरुवात देखि आयोजना गर्दै आएको छ । कम्पनीका अनुसार माघ महिनामा ७ सय १४ जना टेष्ट राईडको कार्यक्रममा सहभागी भएका थिए । सहभागी भएका ग्राहकहरुले सकारात्मक धारणा व्यक्त गर्दै सुजुकी सेलेरियो पूर्ण फेमिलीकार भनेका छन् ।

मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजीएमश्री सिरज पन्तले भने, ‘ग्राहकहरुको उल्लाहसपूर्ण सहभागिताले हाम्रो सुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको थियो । माघ महिनाको क्याम्पेनले हौसलापूर्ण सहभागिता देखिएको छ, हालसम्म १२०० भन्दा धेरै ग्राहकले यो सुविधा महसुस गर्नुभएको छ ।’

सेलेरिया “द परफेक्ट फेमिलीकार” नेपालीब जारमा गएको पुस महिनामा टेष्ट राईड अभियानमार्फत बजारमा ल्याएको थियो । हरेक टेष्ट राईडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमाशाली उपभोक्ताले एक लाख नगद जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।