२८ आश्विन २०८३, बुधबार

कसैले पनि भेटेरै प्रेम प्रस्ताव राखेका छैनन् : जान्वी बोहोरा, नायिका (अन्तर्वार्ता)

14.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चलचित्र ‘सपना तिम्रो मेरो’बाट रजतपटमा प्रवेश गरेकी नायिका जान्वी बोहोरा भर्खरै चलचित्र ‘गरुड पुराण’ र ‘भैरे’को सुटिङ सकाएर राजधानी फर्किएकी छन् । हालै प्रदर्शनमा आएको चलचित्र शेरबहादुरमा पनि उनको भूमिका छ ।

उनलाई नेपाली चलचित्रका नायिकाहरुमा रेखा थापा र करिश्मा मानन्धर तथा नायकमा रेमनदास श्रेष्ठ र सौगात मल्ल सबैभन्दा धेरै मन पर्छन् । नायक सुमनसिंह ठकुरीसँग भेट्ने रहर बोकेकी जान्वीलाई एउटै फिल्ड भएपनि अहिलेसम्म भेट्ने मौका जुरेको छैन ।

थुप्रै म्युजिक भिडियोमा काम गरेकी जान्वी रंगमञ्चको उत्पादन हुन् । नाटकमा जीवन्त अभिनय गर्न पाइन्छ भन्ने सोच राख्ने नायिका बोहोरा बोल्ड शैलीमा हिड्न रुचाउँछिन् । केही समयअघि विकिनी फोटोशुटका कारण चर्चामा आएकी नायिका बोहोरा ‘सेक्स’लाई, गास, बास र कपास जत्तिकै आवश्यक ठान्छिन् । यद्यपी, उनले आफूमा सेक्स अनुभव भए/नभएको खुलाउन चाहिनन् । ‘भ्यालेन्टाइन डे’ को अवसरमा दैनिक नेपालका लागि सपना प्याकुरेलले बाेहाेरासँग गरेको कुराकानी :

तपाइको ‘भ्यालेन्टाइन डे’ कस्तो रह्यो ?

म भ्यालेन्टाइन डे मनाउँदिन । हिजो मात्रै दुईवटा चलचित्रको सुटिङ सकेर आएँ । आज घरमै बसेको छु ।

किन नमनाउने ‘भ्यालेन्टाइन डे’चाहिँ ?

म हिन्दु धर्म मान्ने नेपालकी छोरी भएको हुनाले भ्यालेन्टाइनलाई खासै महत्व दिन्न । ‘भ्यालेन्टाइन डे’ नेपालीको संस्कार अन्तर्गत पर्दैन, त्यसैले मनाउँदिन । म दशैँ, तिहार मनाउँछु तर, भ्यालेन्टाइन मनाउँदिन । मलाई यसमा खास ‘इन्ट्रेस्ट’ छैन ।

तपाई यति राम्री हुनुहुन्छ । राम्रो मान्छेलाई धेरै ‘प्रपोज’ आउँछ भन्छन्, तपाईलाई चाहीँ यो भ्यालेन्टाइनमा कतिवटा ‘प्रपोज’ आए ?

आजसम्म कसैले पनि भेटेरै प्रेम प्रस्ताव राखेका छैनन् । तर, साथीहरुमार्फत धेरै प्रस्ताव आए । मैले त्यसलाई वास्ता गरिनँ । बरु, म आफैले स्कूल पढ्ने बेला एकजना केटा साथीलाई एकदमै मन पराउँथे । तर, भन्ने हिम्मत जुटाउन सकिनँ । अहिले विस्तारै त्यो फिलिङ पनि हराउँदै गएको छ ।

प्रेममा सेक्स आवश्यक छ ?

प्रकृतिले नै दिएको चिज हो । जसरी मानिस जन्मिसकेपछि बाँच्नको लागि गास, बास र कपासको आवश्यकता पर्दछ, त्यसैगरी प्रेममा पनि सेक्सको आवश्यकता छ । सेक्सले सम्बन्धलाई समधुर बनाउँछ भन्ने लाग्छ ।

तपाईलाई चाहिँ अहिलेसम्म सेक्स प्रस्ताव आएको छ कि छैन ?

(हाँसो)…..। सेक्स मानिसलाई चाहिने कुरा नै हो । तर मैले चाहिँ विहेपछि मात्र गर्ने सोँच बनाएको छु ।

तपाइको भावी योजना के छ ?

२/३ वटा म्युजिक भिडियो पेन्डिङमा छन् । शुरुमा त्यसको काम गर्छु । आफ्नै ब्यानरमा चलचित्र बनाउने सोचमा छु । अहिले स्कृप्टको काम भइरहेको छ ।