शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

जनयुद्द दिवस : मोहन वैद्य र विप्लवलाई व्यंग्य गर्दै प्रचण्डले के भने ?

दैनिक नेपाल २०७४ फागुन १ गते १६:१९

काठमाडौँ, १ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसहकर्मीहरु मोहन बैद्य ‘किरण’ र नेत्र विक्रम चन्द ‘विप्लव’लाई पार्टि एकतामा सामेल हुन अपील गरेका छन् । प्रचण्डले किरण र विप्लवलाई व्यङ्ग्य गर्दै रहर र लहडमा क्रान्ति हुन नसक्ने भन्दै दिवासपनाबाट ब्यूझन आग्रह गरे ।

जनयुद्ध दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रचण्डले बैद्यलाई गुरु र विप्लवलाई चेलाको शंज्ञा दिए । उनले भने, ‘कमरेड किरण मेरा गुरु हुन्, द्वन्द्वात्मक भौतिकवाद र अधिभूतवाद के हो भन्ने कुरा उहाँलाई राम्रोसँग थाहा छ ।’

त्यसपछि उनले चेला ‘विप्लव’लाई भने, ’घटना घटाएर क्रान्ति पूरा हुन्छ भन्ने दिवा सपना नदेख्न अपील गर्छु ।’ उनले क्रान्तिकारीका हिमायती भन्ने कम्युनिष्ट शक्तिलाई एक केन्द्रमा आउन आह्वान गरे । उनले अबको क्रान्ति समाज र विज्ञानमा आधारित हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित