शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

ओलीलाई भेट्न किन पुगे भारतीय राजदूत ?

दैनिक नेपाल २०७४ फागुन १ गते १४:४७

काठमाडौं, १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिवसिंह पुरीबीच मंगलबार भेटवार्ता भएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा अनौपचारिक भेटवार्ता भएको एमालेका परराष्ट्रविद डा. राजन भट्टराईले दैनिक नेपाललाई जानकारी दिए ।

दैनिक नेपालका हेम रोकाहासँगको कुराकानीमा डा. भट्टराईले भने, ‘उहाँ (भारतीय राजदूत) महाशिवरात्रीको शुभकामना दिन आउनुभएको थियो । अनौपचारिक भेट भएको हो ।’

स्रोतका अनुसार, शिवरात्रीको शुभकामना दिन भन्दै भेटे पनि नयाँ सरकार गठन, एमाले- माओवादी एकता लगायतका राजनीतिक घटनाक्रमका विषयमा भारतीय राजदूतले चासो राखेका थिए ।

राजदुत पुरीको जिज्ञासामा एमाले अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रवीचको एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने विश्वास दिलाएका थिए । नयाँ संघीय सरकार गठन प्रक्रिया आरम्भ हुनै लाग्दा भारतीय राजदूत पुरीले सक्रियता बढाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित