काठमाडौं, १ फागुन । काठमाडौंको सुन्धारास्थित सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयरले फोन खरिदकर्ताहरूका लागि किस्ताबन्दीमा विभिन्न ब्राण्डका मोबाइल दिने योजना ल्याएको छ ।
योजना अनुसार ग्राहकले सामसङको जे सेभेन म्याक्स मोडलको स्मार्टफोन एक रुपैयाँ तिरेर लैजान पाउने छन् ।
फोनको बजार मूल्य २८ हजार २९० रुपैयाँ छ । कम्पनीले ल्याएको किस्ताबन्दी अफर अन्तर्गत सुरुमा एक रुपैयाँ तिरेर अन्य रकम मासिक, एक वा डेढ वर्षभित्रमा तिर्न सकिनेछ ।
कम्पनीका अध्यक्ष संजित पौडेलका अनुसार यो अफर आउँदो १८ दिनसम्म जारी रहनेछ । किस्ताबन्दीमा फोन खरिद गर्दा कति समयभित्रमा तिर्ने हो त्यसै अनुरुप मासिक शूल्क बुझाउनु पर्ने पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार ६ महिना भित्रमा तिर्ने भए प्रति महिना ४ हजार ७१६, एक वर्षको हकमा २ हजार ३५७ तथा डेढ वर्षमा एक हजार ५७२ रुपैयाँ मासिक बुझाउनु पर्नेछ ।
यसको लागि कुनै धरौटी भने बुझाउनु नपर्ने पौडेलले बताए । पौडेलका अनुसार किस्ताबन्दीमा फोन खरिद गर्न खरिदकर्ताले दुई वटा फोटो, नागरिकताको फोटोकपी र जागिर खाएको कम्पनीबाट मासिक कमाई खुल्ने गरी ‘लेटर हेड’ ल्याउनु पर्ने हुन्छ ।
कम तथा मध्यम आय भएकाहरूलाई केन्द्रित गरेर अफर ल्याइएको बताउँदै उनल किस्ताबन्दीमा फोन किन्दा कुनै अतिरिक्त शूल्क बुझाउनु नपर्ने बताए ।
कम्पनीले दश वटा विभिन्न वाणिज्य बैंकहरूसँग सम्झौता गरेको जनाउँदै उनले ग्राहकले एउटा फाराम भरे सो सुविधा उपयोग गर्न पाउने बताए।
कम्पनीले बिक्री गर्ने कुनै पनि ब्राण्ड र मोडलकासेटहरुमा थप १ वर्षको वारेन्टी दिने गरेको छ । अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकोमा ईजी मोबाइल केयर प्रालिबाट खरिद गर्दा २ वर्षको वारेन्टी पाइनेछ इजीले जनाएको छ ।















प्रतिक्रिया