शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

को–को हुन् रातो पासपोर्ट बेच्ने पूर्वसभासद र जेलचलना भएका पूर्वभिआइपीहरू

दैनिक नेपाल २०७४ फागुन १ गते ६:४५

नारदमुनी राना

काठमाडौं, १ फागुन । पहिलो संविधानसभाका सभासदहरुले व्यापक मात्रामा रातो पासपोर्ट दुरुपयोग गरेर मानव तस्कर गरेका थिए । एमालेबाट समानुपातिक सभासद भएका कैलाली निवासी नारदमुनी राना (थारु) ले रातोपासपोर्ट बेचेका थिए ।

त्यस्तै, सभासदहरु शिवपुजन यादव, विश्वनाथप्रसाद यादव र गायत्री शाहले पनि रातो पासपोर्ट बेचेका थिए । उनीहरुलाई काठमाडौँ जिल्ला अदालतले कैद सजाय गरेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासले शिवपुजनलाई १ वर्षको कैद फैसला गरेको थियो भने विश्वनाथ र गायत्रीलाई जनही ५—५ महिना कैदको फैसला गरेको थियो । उनीहरुले रातो पासपोर्ट १०-१० लाखमा बिक्री गरेका थिए ।

त्ययतिबेला विश्वनाथ मधेसी जनअधिकार फोरम गणतान्त्रिक, शिव मधेसी जनअधिकार फोरम र गायत्री नेपाली जनता दलबाट सभासद थिए ।

प्रतिनिधिसभाको निर्वाचनमा शिवपुजन सर्लाही–४ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । उनीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा परेपछि उनको उम्मेदवारी खारेज भयो ।

जेलचलना भएका पूर्वभिआइपीहरु

विगतमा नेपालमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्नहरु पनि सभासद बनेका थिए । पहिलो संविधानसभामा रौतहट क्षेत्र नम्बर १ बाट स्वतन्त्ररुपमा जितेका बबन सिंहले व्यापारी राजेश क्यालको हत्याका मुख्य नाइके भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

दुई वटै संविधानसभाको निर्वाचनमा सभासद भएका सञ्जय साह उर्फ टकला अहिले जेलमा छन् । उनी जनकपुरमा बम विष्फोट गराएको, अरुण सिंघानियाको हत्या गरेको अभियोगमा जेल परेका हुन् ।

सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्ता व्यापारी पवन संघाइको अपहरण गरेको अभियोगमा जेल चलान भए । पूर्वआपूर्तिमन्त्रीसमेत रहेका गुप्तालाई छोराको विहेकै दिन प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो ।

त्यस्तै, कांग्रेसबाट राजनीति सुरु गरेका जयप्रकाश गुप्ता (जेपी गुप्ता) मधेस आन्दोलनका चल्तापूर्जा नेता हुन् । उनी भ्रष्टाचारी मुद्दामा चेल चलान भए । नेपालको इतिहासमै बहालवाला मन्त्री जेल चलान हुनेमा उनी पहिलो हुन् । जतिबेला गुप्ता सुचना तथा सञ्चार मन्त्री थिए ।

भ्रष्टाचारी मुद्दामा जेल चलान हुनेमा कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी पनि हुन् । सर्वोच्चद्वारा ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यासम्बन्धी मुद्दामा सर्वस्वहित जन्मकैदको फैसला सुनाइएका पूर्वसांसद बालकृष्ण ढुंगेल जेल चलान भएका छन् ।

र यो पनि,

निर्वाचनमा आर्थिक चलखेल व्यापक मात्रामा भएको पाइन्छ । निर्वाचन धनपतिहरुको सम्पतिको धमास देखाउने थलो जस्तो भएको छ । निर्वाचन आयोगको कानुनी कागजमा तोकिएको खर्च व्यहोराभन्दा बाहिर गएर कसैले पनि विवरण बुझाएका छैनन् ।

तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै भनेका छन्, ‘स्थानीय तहको निर्वाचन जित्न पाँच करोडभन्दा बढी खर्च भयो ।’

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले यसपटकको निर्वाचनमा ७ लाख बढी खर्च भएको बताए । निर्वाचनमा ऋण लागेको बताएका उनले नेपालको निर्वाचन प्रणाली निकै खर्चिलो र भड्किलो भएकाले आम जनताको पक्षमा नरहेको जिकिर गरे ।

त्यस्तै, कांग्रेसका नेता गगन थापाले आम निर्वाचनभन्दा पनि पार्टीको आन्तरिक निर्वाचन नै भड्किलो भएको बताए । उनले भ्रष्टार न्यूनिकरणका लागि पहिला पार्टीको आन्तरिक चुनावबाट नै सुधार गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित