रुपन्देही, १ फागुन । एन. आई. सी. एशिया बैंकको नयाँ शाखा तिलोत्तमा नगरपालिकाको वडा नं. १५, कोटिहवा, रुपन्देहीस्थित कोटिहवा शाखा स्थापना भएको छ ।
सोमबार नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलले एनआईसी एशियाको शाखा सञ्जालमा ल्याएका हुन् ।
पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरूमध्येमा पर्छ ।
कोटिहवामा शाखा स्थापना भएसँगै यस बैंकले अधिराज्यभर १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।















प्रतिक्रिया