बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

संघीय फोरम र राजपाका यी हुन् समानुपातिक सांसद

दैनिक नेपाल २०७४ माघ २९ गते २१:२१

काठमाडौं, २९ माघ । संघीय समाजवादी फोमर नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले पनि समानुपातिक तर्फको सूची निर्वाचन आयोगमा बुझाएका छन् ।

संघीय फोरमले बुझाएको सूचीमा राजेन्द्र श्रेष्ठ, सरिता गिरी, रेणु यादव, कालुदेवी विश्वकर्मा, रुही नाज र रेणुका गुरुङको नाम रहेको छ ।

सह–अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार पार्टीले निर्णय गरेपछि तोकिएको समयभित्र निर्वाचन आयोगमा समानुपातिक सांसदहरूको सूची बझाइएको हो ।

त्यसैगरी राजपा नेपालले पनि छ जना समानुपातिक सांसदको नाम बुझाएको छ ।

राजपाले चन्दा चौधरी, रानी मण्डल, दुलारी देवी खंग, रेणु शर्मा, अमृता अग्रहरी र निर्जला राउतको नाम आयोगमा बुझाएको हो ।

प्रतिक्रिया
सम्बन्धित