१४ कार्तिक २०८३, शनिबार

अनमोलसँग किन हुन्छन् भुतुक्कै ? यसो भन्छन् नायिकाहरु

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । नेपाली फिल्मका लागि अनमोल केसी अहिलेका सर्वाधिक स्टार भ्यालु बोकेका हिरो हुन् । त्यसो हुनुमा उनलाई चर्को रुचाउने फ्यान र खासगरी युवती जमात कारक छन् ।

उनले भने, रोमान्स फिल्मा नै गरिरहेको छु । रियल लाइफमा खासै मौका पाएको छैन । व्यस्त पनि भइरहेको छु । आशा गरौं, आफूले सोचेजस्तो केटी छिट्टै पाउँ ।

आजको कान्तिपुरमा खबर छापिएको छ – तर, अनमोल भने प्रमको मामिलामा केही अनुदार सुनिए । लभलाई चाइनिज मोबाइलसँग तुलना गर्दै उनी भन्छन्, जसको कुनै ग्यारेन्टी हुँदैन । छिट्टै फुट्न पनि सक्छ । जे पनि हुन सक्छ ।

अनमोलको बारेमा के भन्छन् नायिका ?

‘पहिले त उनको फिल्मले गर्दा नै युवतीहरु अनमोलसँग आकर्षित भएका होलान् । योङ, क्युट लुक्सअ चकलेटी देखेर पनि हुन सक्छ । अनी जसले उसलाई भेट्छन्, उसले गर्ने बानी, ब्यवहार देखेर पनि मन पराउँछन् । मलाई पनि उनको मुहारले भन्दा पनि यही बानी बेहोराका कारण उ मन पर्छ ।’ – अदिती बुढाथोकी

‘अनमोल स्क्रिनमा गजब राम्रो देखिन्छन् अनि उनको स्माइलमा पनि फिदा भएका हुन सक्छन् । अभिनयका हिसाबले अनमोलले आफूलाई सुधार गरेर लगेका छन् । मलाई उनको एकदम शालीन अनि अरुलाई सम्मानको दृष्टिले हेर्ने खालको स्वभाव भएको लाग्छ ।’ – केकी अकिारी

‘आकर्षक व्यक्तित्वका कारण अनमोल बढी ह्यान्डसम मानिएका हुन् । उनको लुक्सका कारणले नै मुख्यतः युवतीहरु उनीप्रति क्रेजी भएको हो जस्तो लाग्छ । अग्लो कद, कोरियन लुक्स र राम्रो ड्रेसअप सेन्स अनमोलमा जतिको अरुमा कमै छ । व्यक्तिगत रुपमा मलाई अनमोल सबैलाई सम्मान गर्ने र कडा मिहिनेत गर्ने मान्छे लाग्छ ।’ – बेनिशा हमाल