१४ कार्तिक २०८३, शनिबार

आफ्नै बाबु यतिसम्म अपराधी !

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । ईलाका प्रहरी कार्यालय बुटवलमा २०७४ साउनमा रुपन्देही, देवीनगरकी १२ बर्षीया बालिकाको उजुरी पर्यो । उजुरी आफ्नै बुवाविरुद्ध थियो ।

बालिकाको उजुरीमा घरायसी झैझगडा सम्बन्धी विषय उल्लेख भए पनि प्रहरीले जब उनलाई आफुले भोगेका समस्या ढुक्कसँग राख्न सक्ने वातावरण बनाईदियो, एउटा कहालीलाग्दो सत्य बाहिर आयो । ती बालिका आफ्नै बुवाबाट पटकपटक बलात्कृत हुँदै आएका रहिछन् । १२ बर्षीया अबोध बालिकाको दर्दनाक कथाव्यथा सुनेर प्रहरीको समेत मथिंगल हल्लियो ।

आजको कान्तिपुरमा खबर छ – बुबाले ६ महिनादेखि आफुलाई बलात्कार गर्दै आएको कुरा उनले प्रहरीसामु खेलिन् । यो तथ्य उजागर भएपछि प्रहरीले बालिकाकी आमालाई उजुरी दिन आग्रह गर्यो । तर आमाले मानिनन् ।

अन्ततः मावलीतर्फकी हजुरआमाले किटानी जाहेरी दिईन । मुद्धा प्रक्रिया अघि बढ्यो र बुवा जेल चलान भए ।,