
काठमाडौं, २६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् ।
आफैंले प्रतिनिधिसभा, रासष्ट्रयसभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनुनपर्ने प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले निकालेको छ ।
प्रमुख सत्तारुढ दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनको चक्र पुरा भएपछि वर्तमान सरकार स्वतः कामचलाउन हुने भएकाले राजीनामा दिनु र नदिनुको औचित्य नभएको बताएको आजको नयाँ पत्रिकामा खबर छ ।
उनले भने, नयाँ जनप्रतिनिधि आएपछि पुरानो सरकार स्वतः कामचलाउ हुन्छ, राजीनामा दिनु पर्दैन । नयाँ जनमतअनुरुप बहुमत पुर्याउने दलको नेता अब प्रधानमन्त्री बन्नुहुन्छ ।












प्रतिक्रिया