१ कार्तिक २०८३, आइतबार

टेलिकमले ल्यायो स्प्रिङ अफर

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ माघ । नेपाल टेलिकमले स्प्रिङ अफर (Spring Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर बिहीबारदेखि आगामी २०७५ बैशाख २५ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ ।

टेलिकमले अल टाइम डाटा प्याक, नाइट डाटा प्याक, सोसियल मिडिया डाटा प्याक, डाटा स्ट्रिमिङ प्याक, एसएमएस प्याक, फोरजी डाटा प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सीयूजी प्याकेज, इन्डिया आउटगोइङ कल अफर जस्ता विभिन्न अफरहरु ल्याएको छ । यी अफरमार्फत नमस्तेका प्रिपेड तथा पोस्पेड प्रयोगकर्ताहरुले सुपथ मुल्यमा इन्टरनेट चलाउन पाउनुका साथै एसएमएस र सस्तो दरमा कल समेत गर्न सक्ने टेलिकमले बताएको छ ।

कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि कन्भर्ज्ड सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । हालसम्म जीएसएम पोष्टपेडलाई मात्र यो सुविधा उपलब्ध गराइएकोमा अब जीएसएम/सीडीएमएका प्रिपेड/पोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ । कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराइएको टेलिकमको भनाइ छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि नमस्ते सिम प्रयोगकर्ताले *1415# मा डायल गर्न सक्नेछन् । त्यसैगरी कम्पनीको वेबसाइट  www.ntc.net.np मार्फत पनि यस सम्बन्धी जानकारी लिन सकिने टेलिकमले जनाएको छ ।