काठमाडौँ, २५ माघ । नेपाल एपीएफ स्कुल कीर्तिपुर काठमाडौँमा माघ २३ गतेबाट सञ्चालित ‘पाँचौं नेपाल एपीएफ स्कुल कप आधारभूत तह आमन्त्रित फुटबल प्रतियोगिता २०७४’ अन्तर्गत विहिबार सम्पन्न खेलहरुमा नेपाल पुलिस स्कुल र ब्राइट होराइजन चिल्ड्रेन्स होम स्कुल विजयी भएका छन् ।
नेपाल पुलिस स्कुलले ग्रिन भिलेज सेकेण्डरी स्कुललाई ६–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै, ब्राइट होराइजनले हिल टाउन सेकेण्डरी स्कुललाई ३–१ को गोल अन्तरमा पराजित गरेको छ ।
यसैगरी आजै सम्पन्न अर्को खेलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल र ल्याबोटरी माध्यमिक विद्यालयले १–१ गोलको बराबरी खेलेका छन् भने सेन्जेभियर्स स्कुल र नेपाल एपीएफ स्कुल बीचको खेल पनि १–१ गोलको बराबरीमा टुंगिएको छ ।
नेपाल एपीएफ स्कुलको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालयहरु गरी कूल २० वटा टिमले सहभागिता जनाएका छन् ।















प्रतिक्रिया